संसद् पुनर्स्थापनाको मुद्दामा सर्वोच्चले तत्काल फैसला गर्नुपर्छ-महेश बस्नेत

Author

सजिलो पत्रिका

२०८२ माघ २१, बुधबार

18
Share
Featured
  • एमाले सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनासम्बन्धी रिटमा सर्वोच्चले तत्काल फैसला गर्नुपर्ने माग गरे।
  • मुद्दा विचाराधीन रहेकाले चुनावमा अन्योल र असहजता सिर्जना भएको उनको भनाइ छ।
  • संसद् पुनर्स्थापना भए चुनावी खर्च र गतिविधि खेर जाने भन्दै छिटो निर्णय आवश्यक रहेको उनले जोड दिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनाको माग गर्दै दायर भएको रिटमाथि सर्वोच्च अदालतले तत्काल फैसला गर्नुपर्ने बताएका छन्। काठमाडौंका उम्मेदवारहरूसँगको छलफलमा बोल्दै बस्नेतले अदालतमा मुद्दा विचाराधीन रहेकाले ढुक्कले चुनावमा जान नपाइएको र यसले अन्योल सिर्जना गरेको बताए।

प्रधानन्यायाधीश पन्छिन खोजेको र फोन अफ गरेर गायब भएको आरोप लगाउँदै उनले यसलाई न्यायिक प्रणालीमाथिको गम्भीर संकट र वैदेशिक हस्तक्षेपको संकेतका रूपमा टिप्पणी गरे।

संसद् पुनर्स्थापना भए चुनावका लागि भइरहेको खर्च र गतिविधि खेर जाने भएकाले सर्वोच्चले यो विषयबाट नभागी छिटो निर्णय दिनुपर्ने उनको भनाइ छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)सर्वोच्च अदालतकाठमाडौँमहेश बस्नेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...