समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

Author

सजिलो पत्रिका

२०८२ माघ २०, मङ्गलबार

22
Share
Featured

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य ठहर गरेको छ ।

आयोगले कानुनी मापदण्ड पूरा नगरेका, दोहोरो नाम समावेश भएका तथा आर्थिक तथा प्रशासनिक कारणले अयोग्य ठहरिएका उम्मेदवारहरूको नाम सूचीबाट हटाएको हो ।

निर्वाचन आयोगका अनुसार नाम हटाइएकामध्ये सबैभन्दा धेरै २१ जना कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् भने २५ जनाको नाम प्रदेश सभा सदस्यको समानुपातिक बन्दसूचीमा समेत दोहोरिएको पाइएको छ।

यस्तै, आयोगले तोकेको जरिवाना नतिरेका १० जना, २५ वर्ष उमेर पूरा नगरेका ४ जना र मतदाता नामावलीमा नाम समावेश नभएका १ जनालाई पनि अयोग्य ठहर गरिएको छ ।

साथै, पिछडिएको क्षेत्रको कोटाअन्तर्गत नपर्ने २ जना, महिला उम्मेदवार हुनुपर्ने स्थानमा पुरुष उम्मेदवार पेस गरिएको १ जना तथा सम्बन्धित राजनीतिक दलको अनुरोधमा नाम हटाइएका १० जना रहेका छन्। एकभन्दा बढी कारणका आधारमा अयोग्य ठहरिएका उम्मेदवारको संख्या २ रहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले कानुनको कडाइका साथ पालना गर्दै बन्दसूचीको अन्तिम रुप दिइने जनाएको छ ।

यो समाचारमा

निर्वाचन आयोगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...