मौसम पूर्वानुमानः पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Author

सजिलो पत्रिका

२०८२ माघ २०, मङ्गलबार

30
Share
Featured

काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने गण्डकी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बादल लागेको छ। ती क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्ने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम खालको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बाँकी हिमाली भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति देशका हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ भने गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना कायमै रहेको छ।

यो समाचारमा

कर्णाली प्रदेशगण्डकी प्रदेशकाठमाडौँसुदूरपश्चिम प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...