स्वरूप परिवर्तन तथा ध्वनी प्रदूषण गर्ने १२ मोटरसाइकल नियन्त्रणमा

Author

सजिलो पत्रिका

२०८२ माघ १९, सोमबार १९:४३

28
Share
Featured
  • हेटौंडा बजार क्षेत्रमा अत्यधिक ध्वनी प्रदूषण र स्वरूप परिवर्तन गरेका १२ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
  • माघ १७–१८ गते जनगुनासोपछि विशेष चेकिङ अभियान चलाएर ती मोटरसाइकललाई कारबाहीका लागि यातायात कार्यालय पठाइएको हो।
  • नियम उल्लङ्घनमा रु. ५ सयदेखि ५ हजारसम्म जरिवाना, सवारी होल्ड र दोहोरिए कडा कारबाही हुने प्रहरीले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

हेटौंडा बजार क्षेत्रमा स्वरूप परिवर्तन गरी तथा अत्यधिक ध्वनी प्रदूषण गर्ने १२ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति २०८२ साल माघ १७ र १८ गते मोटरसाइकलबाट अस्वाभाविक ठूलो आवाज आउने, साइलेन्सर तथा अन्य पाट्र्स परिवर्तन गरी सवारी साधन चलाइएको भन्ने जनगुनासो प्राप्त भएपछि विशेष चेकिङ अभियान सञ्चालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत ट्राफिक प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा विभिन्न ब्राण्डका १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो। ती मोटरसाइकललाई यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ बमोजिम कसुरमा आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय हेटौंडा पठाइएको प्रहरीले जनाएको छ ।

प्रचलित कानुनअनुसार सवारी साधनको स्वरूप परिवर्तन,अवैध साइलेन्सर प्रयोग तथा ध्वनी प्रदूषण गर्ने गरी सवारी चलाएमा कसुरको प्रकृति अनुसार रु. ५ सयदेखि रु. ५ हजारसम्म जरिवाना, सवारी साधन अस्थायी रूपमा नियन्त्रण (होल्ड ) तथा मूल स्वरूपमा फर्काएपछि मात्र फिर्ता गरिने व्यवस्था रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ। आवश्यकता अनुसार दोहोरिएको कसुरमा थप कडा कारबाहीसमेत हुने जनाइएको छ।

नियन्त्रणमा लिइएका मोटरसाइकलका दर्ता नम्बरहरू यसप्रकार छन् :

१. बा.प्र.०३–००६ प ४८९८
२. प्र.३–०२–००९ प ५१८१
३. ना ४३ प ९८
४. बा.प्र.०३–००५ प ७५८८
५. बा.प्र.३–००५ प ९६१९
६. बा ३९ प ९१४१
७. बा.प्र.०३–००५ प ९०९०
८. बा ५४ प ४८९८
९. ध १ प ५९२३
१०. प्र.३–०२–०१० प ९९०८
११. ना ५७ प ८५०७
१२. बा.प्र.०६–००१ प ८७५०

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिआइजी पुष्कर बोगटीले सार्वजनिक स्थानमा ध्वनी प्रदूषण हुने गरी सवारी साधन चलाउँदा सर्वसाधारणलाई असहज हुने भएकाले यस्ता गतिविधि नियन्त्रणका लागि नियमित चेकजाँच र कारबाहीलाई निरन्तरता दिइने बताएका छन् ।

यो समाचारमा

काठमाडौँहेटौंडामकवानपुर

ट्यागहरू

#जिल्ला प्रहरी कार्यालय#प्रहरी#ट्राफिक#मकवानपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू