आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग

Author

सजिलो पत्रिका

२०८२ माघ १८, आइतबार

28
Share
Featured
  • निर्वाचन आचारसंहिता लागू भएयता निर्वाचन आयोगमा २३ वटा उजुरी दर्ता भएका छन्।
  • तीमध्ये १२ वटामा स्पष्टीकरण सोधिएको र सबैको जवाफ आइसकेको छ; चित्त नबुझे कारबाही गरिने आयोगको भनाइ छ।
  • आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीका लागि आयोगले छुट्टै इमेल ठेगाना सार्वजनिक गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएयता हालसम्म २३ वटा उजुरी दर्ता भएको जनाएको छ । तीमध्ये १२ वटा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिसकेको छ ।

आइतबार आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले स्पष्टीकरण सोधिएका उजुरीमध्ये १२ वटाको जवाफ आइसकेको जानकारी दिए ।

उनका अनुसार कानुनी प्रावधानअनुसार सफाइको अवसर नदिई कारबाही गर्न नपाइने भएकाले आयोगले पहिला स्पष्टीकरण सोध्ने प्रक्रिया अपनाएको बताए ।

‘प्राप्त उजुरीहरुमध्ये २३ वटा उजुरी परेको छ । जसमा सम्बन्धित व्यक्ति तथा संस्थालाई स्पष्टीकरण सोध्ने काम भएको छ । १२ वटाको जवाफ आइसकेको छ । आयोगले कारबाही गर्नुअघि अनिवार्य रूपमा स्पष्टीकरण सोध्नुपर्छ । चित्त बुझ्दो जवाफ आएमा सफाइ दिइन्छ,’ भट्टराईले भने, ‘यदि चित्त बुझ्दो जवाफ आएन भने कारबाही गरिनेछ ।’

त्यसैगरी, उनले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी तथ्यसहितका उजुरी तथा गुनासो दर्ता गर्न आयोगले छुट्टै इमेल ठेगाना सार्वजनिक गरेको जानकारी दिए । उनका अनुसार ‘इसीएम डट सिओसी एड द रेट इलेक्सन डट जिओभी डट एनपी’ इमेलमार्फत आयोगमा उजुरी तथा गुनासो पठाउन सकिने व्यवस्था गरिएको प्रवक्ता भट्टराईले बताए ।

उनले भने, ‘आयोगको तर्फबाट निर्वाचन आचारसंहिता सम्बन्धमा तथ्य सहित उजुरी गर्नलाई हामीले एउटा इमेल ठेगाना सार्वजनिक गरेका छौं । ‘इसीएम डट सिओसी एड द रेट इलेक्सन डट जिओभी डट एनपी’ त्यो चाँही आयोगको तर्फबाट उजुरी र गुनासो गर्नलाई व्यवस्था गरिएको इमेल हो।’

यो समाचारमा

निर्वाचन आयोगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...