सर्लाहीका १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

Author

सजिलो पत्रिका

२०८२ माघ १६, शुक्रबार

37
Share
Featured
  • सर्लाहीका दक्षिणी क्षेत्रका १२ स्थानीय तहमा हात्तीपाइले रोग पुनः सक्रिय देखिएपछि स्वास्थ्य निकायले विशेष निगरानीसहित औषधि खुवाउने अभियान सुरु गरेको छ।
  • परीक्षणका क्रममा ३०० नमूनामध्ये २८ जनामा सङ्क्रमण पुष्टि भएको छ, जसमा पाँच जना सक्रिय सङ्क्रमित भेटिएका छन्, जबकि उत्तरी क्षेत्रका आठ पालिकामा रोग नियन्त्रणमा आएको छ।
  • दुई वर्षभन्दा माथिका सबै नागरिकलाई लक्षित गरी घरघरमै औषधि खुवाइने अभियानमार्फत करिब ४ लाख ३० हजारभन्दा बढी (१२ पालिकाको ८०%) जनसंख्यालाई समेट्ने लक्ष्य राखिएको छ।
समाचार सारांशGenerated using AI.


सर्लाही जिल्लाका १२ वटा स्थानीय तहमा हात्तीपाइले (फाइलेरिया) रोग पुनः फैलिएको पुष्टि भएपछि स्वास्थ्य निकायले व्यापक औषधि खुवाउने अभियान सुरु गरेको छ।

जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जोखिम देखिएका पालिकामा विशेष निगरानीसहित औषधि सेवन गराउने तयारी गरिएको हो।

विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत असोज महिनामा सर्लाहीका २० वटै पालिकामा नमूना सङ्कलन गरी परीक्षण गरेको थियो। परीक्षणपछि जिल्लाको दक्षिणी क्षेत्रका १२ पालिकामा हात्तीपाइलेको सङ्क्रमण अझै सक्रिय अवस्थामा रहेको देखिएपछि औषधि खुवाउने निर्णय गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

बलरा नगरपालिका, रामनगर गाउँपालिका, धन्कौल गाउँपालिका, बसवरिया गाउँपालिका, चक्रघट्ट गाउँपालिका, गोडैता नगरपालिका, विष्णु गाउँपालिका, कौडेना गाउँपालिका, मलङ्गवा नगरपालिका, ब्रह्मपुरी गाउँपालिका, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकामा गरिएको परीक्षणका क्रममा ३०० नमूनामध्ये २८ जनामा सङ्क्रमण देखिएको थियो।

तीमध्ये पनि राति सङ्कलन गरिएको नमूनामा पाँच जना सक्रिय सङ्क्रमित भेटिएका थिए। जिल्लाका उत्तरी भेगका बाँकी आठ पालिकामा भने रोग फैलिने क्रम नियन्त्रणमा आएको छ। अभियान अन्तर्गत सुरुमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकालाई तालिम दिइनेछ।

त्यसपछि उनीहरू घरघरमै पुगेर औषधि खुवाउनेछन्। मलंगवा नगरपालिकामा माघ ८ गतेदेखि औषधि खुवाउन सुरु भइसकेको र अन्य पालिकामा तालिम जारी रहेको जनाइएको छ। हात्तीपाइलेविरुद्धको औषधि दुई वर्षभन्दा माथिका सबै नागरिकलाई खुवाइनेछ। अभियानमार्फत १२ पालिकाका करिब ८० प्रतिशत जनसंख्या अर्थात् ४ लाख ३० हजार ९४१ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ।

यो समाचारमा

विश्व स्वास्थ्य सङ्गठनकाठमाडौँसर्लाहीमलंगवा नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...