मुग्लिन-नारायणघाट सडकमा बस दुर्घटना हुँदा ४० जना घाइते

Author

सजिलो पत्रिका

२०८२ माघ १६, शुक्रबार

26
Share
Featured
  • नारायणघाट–मुग्लिन सडकखण्डको घुमाउनेमा बस पल्टिँदा ४० जना घाइते भए।
  • घाइतेमध्ये २ जना डिस्चार्ज, बाँकी भरतपुरका विभिन्न अस्पतालमा उपचाररत छन्।
  • बस चालक नियन्त्रणमा छन् र बस हटाइएकाले सडक आवागमन सामान्य छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नारायणघाट-मुग्लिन सडक खण्डको घुमाउनेमा शुक्रबार बिहान बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन्। दाङबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको बस बिहान करिब ३:१० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो।

चितवन ट्राफिक प्रहरीका अनुसार घाइतेमध्ये २ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने अन्यको भरतपुरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। मौलाकालिका अस्पतालमा १५, पुरानो मेडिकल कलेजमा १७ र नयाँ मेडिकल कलेजमा ५ जना उपचाररत छन्।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त बसलाई सडकबाट हटाइसकिएकाले यातायात सञ्चालनमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

चितवनकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...