पूर्वराजदूत कार्कीलाई जिताउन संखुवासभामा गठन गरियो १००१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति

Author

सजिलो पत्रिका

२०८२ माघ १५, बिहिबार २१:३४

20
Share
Featured
  • फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एमाले संखुवासभाले जिल्लाभर चुनावी अभियान तीव्र पारेको छ।
  • खड्गबहादुर राईको संयोजकत्वमा १ हजार १ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरी घरदैलो अभियान सञ्चालन गरिनेछ।
  • एमालेका उम्मेदवार डा. अर्जुनकुमार कार्की पूर्व अमेरिकी राजदूत हुन् र प्रत्यक्ष राजनीतिमा पहिलो पटक उम्मेदवार बनेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फाल्गुण २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सङ्खुवासभाले जिल्लाभर चुनावी अभियान सञ्चालन गर्ने तयारी तीव्र पारेको छ ।

पार्टीका जिल्ला कमिटी अध्यक्ष खड्गबहादुर राईको संयोजकत्वमा जिल्लास्तरीय १ हजार १ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

१० स्थानीय तह रहेको संखुवासभामा एमालेले ठूला पालिकामा ५०१ सदस्यीय र साना पालिकामा ३०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको अध्यक्ष राईले जानकारी दिए ।

यी कमिटीमार्फत प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा अर्जुनकुमार कार्कीलाई जिताउन वडा, टोल र बस्ती स्तरसम्म घरदैलो तथा जनसम्पर्क अभियान सञ्चालन गरिने जिल्ला कमिटी सचिवालय सदस्य किरणकुमार शाक्यले बताए ।

पार्टीले प्रचार सामग्रीको तयारी तथा वितरण, सवारी साधनको प्रयोग र अन्य व्यवस्थापनका सम्पूर्ण कार्यहरू निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै गरिने स्पष्ट पारेको छ । अध्यक्ष राईले माघ १५ देखि फागुन २ गते सम्मको प्रचारतालिका समेत सार्वजनिक गरेका छन् ।

को हुन् अर्जुन कार्की

‘समृद्ध नेपाल सुखी नेपाली समुन्नत संखुवासभा मेरो जिम्मेवारी’ भन्ने मूल नाराका साथ निर्वाचनमा होमिएका डा कार्की अमेरिकाका लागि नेपालका पूर्व राजदूत हुन् ।

अल्पविकसित मुलुकहरुको अधिकारका लागि कार्यरत गैर सरकारी संस्थाहरुको संजाल, एलडीसी वाच, को अन्तर्राष्ट्रिय संयोजक भएर पनि काम गरिसकेका कार्कीले संयुक्त राष्ट्र संघ लगायत अन्तरराष्ट्रिय मंचहरुमा नेपाल जस्ता अल्प विकसित मुलुकहरुको पक्षमा पैरवी गर्दै आएका छन् ।

नेपालमा मानव अधिकार तथा सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका कार्की प्रत्यक्ष राजनीतिमा संलग्न भएको भने यो पहिलो पटक हो ।

यो समाचारमा

सङ्खुवासभानेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

ट्यागहरू

#प्रतिनिधि सभा#प्रतिनिधिसभा निर्वाचन#प्रतिनिधि#नेकपा एमाले#पत्रकार#पत्रकार सम्मेलन#पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    sajilo patrika

    कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

    घण्टीको गर्जन र ’बालेन’ लहरः पुराना दलको ’साम्राज्य’ अन्त्य भएकै हो ?

    खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू