काठमाडौँ ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १७.३५ अंकले घटेर २७१४.०५ विन्दुमा बन्द भएको छ । बजार घटे पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ ।
अघिल्लो दिन ११ अर्ब ४९ करोडको कारोबार भएकोमा बिहीबार बढेर १४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । दिनभरमा ३२० वटा धितोपत्रको ३ करोड ५४ लाखभन्दा बढी कित्ता सेयर किनबेच भयो ।
आज बजारमा ८५ कम्पनीको सेयर मूल्य बढ्दा १७० वटाको घटेको छ भने पाँच कम्पनीको मूल्य स्थिर रह्यो ।
यसदिन तीन कम्पनी— कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेको छ । अर्कोतर्फ, शिभश्री हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.१९ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो । उक्त कम्पनीको करिब ६० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, वित्त र जलविद्युत लगायत १० समूहको परिसूचक घटेको छ भने तीन समूहको परिसूचक मात्र बढेको छ ।