खराब मौसमले पाँच विमानस्थल बन्द, काठमाडौंमा तीन अन्तर्राष्ट्रिय उडान डाइभर्ट

Author

सजिलो पत्रिका

२०८२ माघ १५, बिहिबार

26
Share
Featured
  • बाक्लो हुस्सु–कुहिरोका कारण धनगढी, नेपालगन्ज, जनकपुर, विराटनगर र तुम्लिङटार विमानस्थल पूर्ण रूपमा बन्द छन्।
  • काठमाडौंको खराब मौसमका कारण ३ अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन् (लखनउ र दिल्ली)।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला छ र मौसम खुल्दै जाँदा आन्तरिक उडान छिट्टै सुचारु हुने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बिहीबार बिहानदेखि देशका विभिन्न भागमा लागेको बाक्लो हुस्सु र कुहिरोका कारण पाँचवटा विमानस्थल पूर्ण रूपमा बन्द भएका छन् भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, मौसम खराब भई भिजिबिलिटी (दृश्य क्षमता) अत्यन्तै कम भएपछि धनगढी, नेपालगन्ज, जनकपुर, विराटनगर र तुम्लिङटार विमानस्थल बन्द भएका हुन् । यी विमानस्थलहरूमा मौसममा सुधार नआएसम्म कुनै पनि उडान-अवतरण हुन सकेको छैन ।

यसैगरी, काठमाडौंमा पनि बिहान मौसम प्रतिकूल हुँदा तीनवटा अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन् । एयर अरेबिया र फ्लाई दुबईका जहाज भारतको लखनउ डाइभर्ट भएका छन् भने जजिरा एयरवेजको जहाज दिल्ली डाइभर्ट भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान-अवतरण भने खुला रहेको छ । केही बेरअघि कतार एयरवेजको जहाज अवतरण गरेको छ । काठमाडौं उपत्यकामा मौसम केही खुलेर घाम लागेकाले रोकिएका आन्तरिक उडानहरू पनि छिट्टै सुचारु हुने विमानस्थल कार्यालयले जनाएको छ ।

यो समाचारमा

काठमाडौँत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलधनगढीजनकपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...