खराब मौसमका कारण चार विमानस्थल बन्द, बुद्ध एयरका उडान प्रभावित

Author

सजिलो पत्रिका

२०८२ माघ १४, बुधबार

27
Share
Featured
  • खराब मौसमका कारण तुम्लिङटार, राजविराज, भरतपुर र सुर्खेत विमानस्थल अस्थायी रूपमा बन्द छन्।
  • मौसममा सुधार आएपछि ती विमानस्थलमा उडान पुनः सञ्चालन गरिने बुद्ध एयरले जनाएको छ।
  • यी चार बाहेक अन्य सबै गन्तव्यमा उडान नियमित रहेको र यात्रुलाई कार्यालय/काउन्टरमा सम्पर्क गर्न आग्रह गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निजी वायुसेवा कम्पनी बुद्ध एयरले खराब मौसमका कारण देशका चारवटा विमानस्थल अस्थायी रूपमा बन्द रहेको जानकारी दिएको छ ।

बुद्ध एयरका अनुसार तुम्लिङटार, राजविराज, भरतपुर र सुर्खेत विमानस्थलमा मौसम प्रतिकूल भई उडान सञ्चालन हुन सकेको छैन । यी विमानस्थलहरूमा मौसममा सुधार आउनासाथ उडानहरू पुनः सञ्चालन गरिने एयरलाइन्सले जनाएको छ ।

कम्पनीले यी चार विमानस्थल बाहेक अन्य सबै गन्तव्यमा उडानहरू नियमित रूपमा सञ्चालन भइरहेको स्पष्ट पारेको छ ।

उडान प्रभावित भएका यात्रुहरूलाई आफ्नो उडानबारे थप जानकारीका लागि बुद्ध एयरको कार्यालय वा टिकट काउन्टरमा सम्पर्क गर्न सुझाव दिइएको छ । एयरलाइन्सले मौसमका कारण पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

यो समाचारमा

बुद्ध एयरकाठमाडौँसुर्खेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...