मलङ्गवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता

Author

सजिलो पत्रिका

२०८२ माघ १३, मङ्गलबार

29
Share
Featured

काठमाडौँ

राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सर्लाही जिल्लाको मलङ्गवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेको बताएकी छन् ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले दुई महिनादेखि १४ वर्षसम्मका बालबालिका प्रभावित भइरहेको जानकारी दिइन् ।

जिल्ला स्वास्थ्य कार्यालयले केही पहलकदमी लिएको भएपनि त्यो पर्याप्त नभएको उनको भनाइ छ ।

‘सर्लाहीको मलङगवामा दादुरा रुवेलाको प्रकोप बढिरहेको छ । दुई महिनादेखि १४वर्षका वालवालिका प्रभावित भइरहेको छन्,’ उनले भनिन्, ‘तर त्यो प्रयाप्त छैन । रोग फैलिदै गएकाले अरु पालिकामा पनि सर्ने सक्ने भएकाले जनचेतना र स्वास्थ्य सरसफाई अभियानबाट स्थानीय तहले पहलकदमी म आग्रह र अनुरोध गर्न चाहन्छु ।’

रोग फैलिँदै गइरहेकाले अन्य पालिकामा समेत सर्न सक्ने जोखिम रहेको उल्लेख गर्दै दाहालले जनचेतना अभिवृद्धि र स्वास्थ्य सरसफाइ अभियानमार्फत स्थानीय तहले थप पहल गर्नुपर्नेमा जोड दिइन् ।

यो समाचारमा

सर्लाहीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...