प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न, प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु

Author

सजिलो पत्रिका

२०८२ माघ १३, मङ्गलबार

33
Share
Featured
  • फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ २ करोड ८ लाख ५० हजार मतपत्र छपाइ सम्पन्न भई फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा पठाइने तयारी छ।
  • प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ सुरु भइसकेको छ र करिब १५ दिनभित्र सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ।
  • प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतपत्र सुरक्षा व्यवस्थासहित निर्वाचनका सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेका छन्।
समाचार सारांशGenerated using AI.


आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजारप्रति मतपत्र छपाइ कार्य सम्पन्न भएको आयोगले जनाएको हो ।

समानुपातिकतर्फका मतपत्र आगामी फागुन ५ गतेभित्र सबै निर्वाचन क्षेत्रमा मतपत्र पठाइसक्ने योजना रहेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

यससँगै, प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ ।

सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त भण्डारीसहितका अधिकारीहरूले मतपत्र छपाइ स्थल जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी पुगेर प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्यको निरीक्षण गरेका थिए ।

निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फका २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ सुरु गरिएको जानकारी दिए । उनका अनुसार मतपत्र छपाइ कार्य करिब १५ दिनभित्र सम्पन्न हुने छ।

प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदानअघि मतपत्रको सुरक्षा व्यवस्थासहित निर्वाचनका सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरे । यसअघि जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फ करिब ११ लाख नमूना मतपत्र छपाइ गरी निर्वाचन आयोगलाई पठाइसकेको छ।

यो समाचारमा

काठमाडौँनिर्वाचन आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...