सर्लाही पुगेका गगन थापाको भब्य स्वागत, बारादेखि सर्लाहीसम्म कार्यकर्ताको उत्साह

Author

सजिलो पत्रिका

२०८२ माघ १२, सोमबार

28
Share
Featured
  • भावी प्रधानमन्त्रीका उम्मेदवार तथा कांग्रेस सभापति गगनकुमार थापा चुनावी अभियानका लागि सर्लाही पुगे, सिमरा विमानस्थलमा कार्यकर्ताले भव्य स्वागत गरे।
  • सर्लाही–४ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका थापाले आफू सिंगो नेपालको प्रतिनिधि हुने दाबी गर्दै मधेश केन्द्रित राजनीतिलाई प्राथमिकता दिएको बताए।
  • मधेसका विभिन्न जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ताको उपस्थितिले मधेस प्रदेशमा कांग्रेसको बढ्दो प्रभाव र थापाप्रतिको आकर्षण देखाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भावी प्रधानमन्त्रीका उम्मेदवार बनेका गगन थापा चुनावी अभियानका लागि सर्लाही पुगेका छन् ।

सोमबार बुद्ध एयरको जहाजमार्फत सिमरा पुगेका उनलाई स्वागत तथा सम्मानमा ठूलो भीड लागेको थियो । सर्लाही–४ बाट मनोनयन दर्ता गराएका उनी केही दिन कार्यकर्ता भेटघाट र चुनावी अभियान संचालन गर्नेछन् ।

नेपाली काँग्रेस सभापति बनेपछि गगनले कांग्रेसको बदलेको र अब देश बदल्ने घोषणा गरेका छन् । पार्टीले थापालाई नै भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने निर्णय गरेको छ । सर्लाही जानुअघि थापाले आफू देश जोड्नका लागि मधेश जान लागेको प्रतिक्रिया दिएका छन् । एक भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्, ‘म मधेश जाँदै छु, किनकी म देश जोड्न चाहन्छु ।’

यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनेका उनले आफू एक क्षेत्रको मात्रै नभएर सिंगो नेपालको हुन्छ भन्ने विश्वास रहेको उनले बताए । यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट ३ पटक चुनाव जितेका नेता थापाले सो क्षेत्रलाई पनि मनमुटुमा राख्ने बताएका छन् ।

सभापति थापाको स्वागतका लागि बारा, रौतहट , र सर्लाही लगायत मधेसका विभिन्न जिल्लाबाट ठूलो संख्यामा कांग्रेसका कार्यकर्ताहरू बिहानैदेखि सिमरा विमानस्थल पुगेका थिए । विमानस्थल ओर्लने क्रममा थापालाई फूलमाला, अबिर र नाराबाजीसहित स्वागत गरिएको थियो। कार्यकर्ताहरूको उत्साहजनक उपस्थितिले मधेस प्रदेशमा कांग्रेसको बढ्दो प्रभाव र थापाप्रतिको आकर्षणलाई प्रष्ट पारेको देखिन्थ्यो ।

सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गरे पनि कार्यव्यस्तताका कारण उनी मनोनयनका दिन उपस्थित हुन सकेका थिएनन् । वारेसमार्फत मनोनयन दर्ता गराएका थापा आज पहिलोपटक प्रत्यक्ष रूपमा आफ्नो निर्वाचन क्षेत्रका मतदाता र कार्यकर्तासँग भेटघाट गर्न त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सिमराबाट उनी सडकमार्ग हुँदै सर्लाही पुग्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेसको नेतृत्व सम्हालेपछि थापाले मधेस केन्द्रित राजनीतिलाई प्राथमिकतामा राखेको पाइन्छ ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँबारासिमरा
गगन थापा7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...