हानिकारक वस्तुहरुको प्रवेशलाई न्यून गर्न नीति आवश्यक : अर्थमन्त्री

Author

सजिलो पत्रिका

२०८२ माघ १२, सोमबार

34
Share
Featured
  • अर्थमन्त्री रामेश्वर खनालले सातौँ भन्सार सुधार रणनीति तर्जुमा गर्दा व्यापार सहजीकरणसँगै स्वास्थ्यका लागि हानिकारक तथा प्रतिबन्धित वस्तुहरूको प्रवेश न्यून गर्ने नीतिमा जोड दिनुपर्ने बताए।
  • भन्सार सुधार अघि बढाउँदा सम्भावित दुरुपयोग र जोखिमको पूर्वतयारी आवश्यक रहेको भन्दै निजी क्षेत्र र सरकार मिलेर सहकार्य गर्न तयार रहेको उल्लेख गरे।
  • उत्पादनमा आधारित अर्थतन्त्र र आन्तरिक उपभोग वृद्धि गर्न भन्सारको भूमिका महत्वपूर्ण रहेको तथा दक्षता अभिवृद्धिका लागि प्रशिक्षण र चेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकिने बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अर्थमन्त्री रामेश्वर खनालले नेपालमा प्रतिबन्धित अथवा स्वास्थ्यका लागि हानिकारक वस्तुहरुको प्रवेशलाई न्यून गर्न नीतिहरु केन्द्रीत गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आगामी दिनको सातौ भन्सार सुधार रणनीति तर्जुमा गर्दा व्यापार सहजीकरण साथै नेपाली समाजलाई सुरक्षित राख्न हानिकारक वस्तुहरुको प्रवेशलाई न्यून गर्न रणनीति र नीतिहरु केन्द्रीत गर्नुपर्ने बताए ।

उनले भने, ‘आगामी दिनको सातौ भन्सार सुधार रणनीति तर्जुमा गर्दा हामीले मूलभूत रुपमा तीन चारवटा थिममा काम गर्नुपर्छ जस्तो लाग्छ । त्यसमा एउटा व्यापार सहजीकरण हो । अर्को कसरी नेपाली समाजलाई सुरक्षित राख्नको लागि प्रतिबन्धित अथवा स्वास्थ्यका लागि हानिकारक वस्तुहरुको प्रवेशलाई न्यून गर्न सक्छौ यो विषयमा हाम्रो रणनीति र नीतिहरु केन्द्रीत हुन आवश्यक छ ।’

यस्तै, उनले सुधारको काम अगाडि बढाउदै जाँदा त्यसबाट आउन सक्ने जोखिमहरुको तयारी पनि सँगै लिएर जानुपर्ने भन्दै यसमा निजी क्षेत्र सहकार्य गर्न तयार रहेको र सरकार पनि मिलेर अगाडी बढ्न तयार रहेको बताए ।

उनले भने, ‘जुनसुकै समाजमा पनि जतिसुकै राम्रो काम प्रारम्भ गरेपछि त्यसको दुरुपयोग गर्ने, त्यसबाट लाभ लिने प्रयास गर्ने तत्वहरु जाग्ने सम्भावना हुन्छ । त्यो नेपालमा मात्र होइन अन्य ठाँउमा पनि हुन्छ । त्यसकारण सुधारको काम अगाडि बढाउँदै जाँदा त्यसबाट आउन सक्ने जोखिमहरु के हुन्, त्यसलाई न्यूनीकरण गर्न के गर्नुपर्छ भन्ने कुराको तयारी पनि सँगै लिएर जानुपर्छ । यसबाट एकपटक गरिएको सुधारबाट फर्किएर फेरि पुरानै बिन्दुमा पुग्न पर्दैन् । यो क्रममा निजी क्षेत्रले सहकार्य गर्न तयार छौ भनेर हात फैलाउनु भएको छ । त्यसमा हामी पनि मिलेर अगाडी बढ्न तयार छौ ।’

उत्पादनमा आधारित र आन्तरिक उपभोग वृद्धि गर्ने दृष्टिकोणबाट अर्थतन्त्रलाई अगाडि लानुपर्ने भन्दै यसमा पनि भन्सारको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ ।

साथै, उनले भन्सार प्रशासनलाई सहयोग पुग्ने र व्यापार सहजीकरण गर्नको लागि कस्ता किसिमका दक्षता भन्सारलाई आवश्यक छ त्यो दक्षता वृद्धि गर्नको लागि प्रशिक्षण कार्यक्रम, चेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्न सकिने पनि बताए ।

यो समाचारमा

काठमाडौँरामेश्वर खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...