अमेरिकामा भयानक आँधी- १० जनाको मृत्यु, लाखौं मानिस विद्युतविहीन

Author

सजिलो पत्रिका

२०८२ माघ १२, सोमबार

27
Share
Featured
  • अमेरिकाका विभिन्न राज्यमा आएको भयानक आँधी र हिमपातका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ, आर्कटिक चिसो हावाले जनजीवन प्रभावित बनाएको छ।
  • उडान, सार्वजनिक यातायात र विद्युत सेवा ठप्प छन् — १९ हजारभन्दा बढी उडान रद्द भएका छन् भने ८ लाख ४० हजारभन्दा बढी घरपरिवार विद्युतविहीन छन्।
  • न्यूयोर्क, टेक्सास र लुइजियानामा मृत्युका घटनाहरू पुष्टि भएका छन्; राष्ट्रिय मौसम सेवाले सोमबारसम्म सुधार नआउने चेतावनी दिँदै २० राज्यमा संकटकाल घोषणा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संयुक्त राज्य अमेरिकाका विभिन्न भागमा आएको भयानक आँधी र हिमपातका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ। आर्कटिक क्षेत्रबाट आएको चिसो हावाका कारण जनजीवन अस्तव्यस्त बनेको छ।

आँधीका कारण उडान सेवा, सार्वजनिक यातायात र विद्युत आपूर्ति ठप्प भएको छ। 'पावर आउटेज डट कम'का अनुसार आइतबार रातिसम्म ८ लाख ४० हजारभन्दा बढी घरपरिवार विद्युतविहीन भएका छन्। शनिबारदेखि हालसम्म १९ हजारभन्दा बढी उडान रद्द भएका छन्।

न्यूयोर्कमा ५ जनाको मृत्यु भएको छ भने टेक्सासमा हिउँमा चिप्लिएर एक किशोरीको ज्यान गएको छ। त्यसैगरी, लुइजियानामा अत्यधिक चिसोका कारण दुई जनाको मृत्यु भएको पुष्टि भएको छ।

राष्ट्रिय मौसम सेवा (NWS) ले सोमबारसम्म मौसममा सुधार नआउने चेतावनी दिएको छ। सरकारले कम्तिमा २० राज्यमा संकटकाल घोषणा गरेको छ भने संघीय कार्यालयहरू बन्द गरिएका छन्। राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले सबैलाई सुरक्षित र न्यानो रहन आग्रह गरेका छन्।

यो समाचारमा

डोनाल्ड जोन ट्रम्पकाठमाडौँसंयुक्त राज्य अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...