चलचित्र ‘पाँच पाण्डव’ डल्बी एट्मस साउन्डमा हेर्न र सुन्न पाइने

Author

सजिलो पत्रिका

२०८२ माघ १२, सोमबार

27
Share
Featured

काठमाडौँ

चलचित्र ‘पाँच पाण्डव’ मा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन् ।

म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुने भएको छ ।
‘पाँच पाण्डव’ नेपालकै पहिलो डल्बी एट्मस साउन्ड स्टुडियोमा साउन्डको काम गर्ने फस्र्ट सिनेमा हुनेछ । निर्माणपक्षले पूरै साउन्डको काम डल्बी एटमसमा हुने बताएको छ ।

यसका लागि डल्बी एट्मस स्टुडियोका सञ्चालक सन्तोष शर्मासँग कागजी सम्झौता गरिसकेको छ । सम्झौता गर्दा ‘पाँच पाण्डव’का मुख्य कलाकार हरिवंश आचार्य र निर्देशक वसन्त निरौलाको पनि उपस्थिती रहेको थियो ।

चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त भइसकेको छ । वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश आचार्यसँगै जितु नेपाल, सागर लम्साल (बले)लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्र नाम अनुसारकै धार्मिक नभएर सोसल ड्रामा भएको निर्माणपक्षले प्रष्ट पारेको छ । ‘पाँच पाण्डव’को महिला पात्रमा दीपा श्री निरौला र रजनी गुरुङ रहने छन् ।

काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको कथा सुशील पौडेलले लेखेका छन् । पटकथा तथा संवाद पनि उनकै रहेको छ । पौडेल चर्चित सिनेमा ‘प्रसाद’का लेखक समेत हुन् । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन् । केही महिनाभित्र छायांकन सुरु गरिने चलचित्रको प्रोडक्सन म्यानेजरमा दिलिप पन्त रहेका छन् ।

यो समाचारमा

हरिवंश आचार्यकाठमाडौँदीपा श्री निरौलासागर लम्साल
जितु नेपाल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...