सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कानूनी दायरामा ल्याउन आदेश कुर्नु पर्दैन : गृहमन्त्री

Author

सजिलो पत्रिका

२०८२ माघ ११, आइतबार

27
Share
Featured
  • गृहमन्त्री ओमप्रकाश अर्यालसहितको टोलीले साइबर ब्युरो र हनुमानढोकास्थित जीर्ण प्रहरी भवनको स्थलगत अवलोकन
  • निर्वाचन लक्षित भ्रामक, तथ्यहीन र अवैधानिक सामाजिक सञ्जाल सामग्रीमाथि कडा अनुगमन र तत्काल कारबाही गर्न निर्देशन
  • फागुन २१ को निर्वाचनलाई मर्यादित र सद्भावपूर्ण बनाउन साइबर ब्युरोलाई अझ सक्रिय भूमिका खेल्न आग्रह
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालसहितको एक सरकारी टोलीले आइतबार नेपाल प्रहरीको साइबर ब्युरो र काठमाडौंको हनुमानढोकामा अवस्थित पुरानो काठमाडौं प्रहरी परिसरको जीर्ण भवनको स्थलगत अवलोकन गरेका छन् ।

गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्लेसहितको टोलीले भोटाहिटीस्थित ब्युरो कार्यालय पुग्नु भई त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुको साथै सेवालाई थप प्रभावकारी बनाउन समेत निर्देशन दिए ।

सो क्रममा, गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जालबाट हुन सक्ने अमर्यादित र कानुनले वर्जित गरेका तथ्यहीन र भ्रामक समाचार वा जानकारीहरूलाई सुक्ष्म ढंगले अनुगमन गर्दै त्यस्ता अवैधानिक र दर्ता बिनै सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूको नियमनका लागि खेल्नुपर्ने भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।

ब्युरोबाट नियमित र विशेष रूपमा प्रदान गरिने सेवाबारे ब्युरो प्रमुख तथा प्रहरी नायव महानिरीक्षक नबिन्द अर्यालबाट जानकारी लिई, ब्युरोले यो निर्वाचनको समय अझै बढी सक्रिय भई स्वचालित रूपमा कार्यालय आफै सक्रिय भएर सामाजिक सञ्जालमा राखिने र छरिने भ्रमहरूलाई माथीको आदेश कुर्नु नपर्ने र अवैधानिक पोस्ट तथा मिथ्या जानकारीहरूलाई तुरुन्त कारवाहीको दायरामा ल्याउन निर्देशन दिए ।

समाजमा सामाजिक सद्भावमा खलल पु-याउने कार्यमा सामाजिक सञ्जालको दुरुपयोग हुन नदिई फागुन २१ गतेको निर्वाचनको माहौल बनाईराख्न पनि ब्युरोले अहिले गरेको कार्यमा थप तदारुकताका साथ काम गर्नु पर्नेमा मन्त्री अर्यालले जोड दिए ।

कतिपय व्यक्ति, संस्था र समूहले गर्ने र हाल्ने पोस्टहरू कत्तिको तथ्यपरक र सही हुन् त्यसको जानकारी लिई ब्युरो आफैले त्यस्ता पोस्ट र जानकारी हाल्ने जो कोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न पनि गृहमन्त्री अर्यालले ब्युरो प्रमुखलाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले बताए । सोहि क्रममा गृहमन्त्री अर्यालले नेपाल प्रहरीको पुलिस क्लबमा पुगेर त्यहाँ राखिएका पुरातात्विक महत्वका मूर्तिहरुको अवलोकन समेत गरेका थिए ।

यो समाचारमा

ओमप्रकाश अर्यालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...