'मलाई ७० हजार मत दिएर जिताउनुस्': डा. सुनिल शर्मा

Author

सजिलो पत्रिका

२०८२ माघ ११, आइतबार

43
Share
Featured
  • डा. सुनिल शर्माले मोरङ–३ बाट आफूलाई ७० हजार मत दिएर विजयी गराउन मतदातासँग आग्रह गरेका छन्।
  • धेरै मतका साथ जिते संसदमा आवाज बलियो हुने र देश–विदेशमा महत्व बढ्ने उनले बताए।
  • नयाँ दलप्रति कटाक्ष गर्दै वर्तमान राजनीतिक अवस्थालाई ‘कोरोना भाइरस’ जस्तै भनेका छन् र शान्तिको देश निर्माणमा जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार डा. सुनिल शर्माले आफूलाई ७० हजार मत दिएर विजयी गराउन मतदाताहरूसँग आग्रह गरेका छन् ।

चुनावी अभियानका क्रममा बोल्दै उनले यसअघिको निर्वाचनमा पनि आफूले तेस्रो सबैभन्दा बढी मत पाएको स्मरण गराउँदै यसपटक सबैभन्दा बढी मतका साथ विजयी हुनेमा विश्वस्त रहेको बताए ।

"सबैभन्दा बढी मत पाएर संसदमा पुग्दा बोलिने आवाज बुलन्द हुन्छ र त्यसलाई देश-विदेशमा पनि महत्वका साथ हेरिन्छ," शर्माले भने ।

नयाँ राजनीतिक दलहरूप्रति लक्षित गर्दै उनले अहिलेको राजनीतिक अवस्थालाई 'कोरोना भाइरस' को संज्ञा दिए । यस्तो समयमा पनि धेरै मतले जित्नुले महत्वपूर्ण अर्थ राख्ने उनको भनाइ थियो । उनले नेपाललाई शान्तिको देश बनाउन आवश्यक रहेकोमा समेत जोड दिए ।

यो समाचारमा

मोरङकाठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...