जेनजीहरुले उठाएको मागलाई पूरा गर्न सक्ने दल राप्रपा मात्र हो : कमल थापा

Author

सजिलो पत्रिका

२०८२ माघ १०, शनिबार

19
Share
Featured

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले जेनजीहरुले उठाएको मागलाई पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित राप्रपा पार्टीको भेला तथा कार्यक्रममा उनले जेनजी युवाहरुले यो देशमा गत २० वर्षदेखि कायम रहदै आएको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि उठाएको माग अधुरो रहेको भन्दै त्यो अधुरो मागलाई पूरा गर्न सक्ने क्षमता राप्रपामा मात्र रहेको बताए ।

उनले भने, ‘राप्रपालाई किन भोट दिने भन्ने कुरामा म स्पष्ट पार्न चाहन्छु, यो चुनाव मध्यावधी चुनाव हो । यो चुनाव गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनको परिणाम हो । जेनजी युवाहरुले देशमा गत २० वर्षदेखि कायम रहँदै आएको भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आवाज उठाएका थिए । जेनजी युवाहरुले उठाएको माग अधुरो रहेको छ । त्यो अधुरो चाहना र मागलाई पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एउटै मात्र दल राप्रपा हो ।’

यस्तै, उनले स्वतन्त्र, स्वाभीमान नागरिक भएर हेर्ने हो भने भ्रष्ट व्यवस्था र शासकका मूल संवाहक नेपाली काँग्रेस र कम्युनिष्ट पार्टी भएको भन्दै जनताले यो सबैबाट मुक्ति खोजीरहेको बताए । काङ्ग्रेस र कम्युनिष्टको गलत नीतिले गर्दा देशमा संकट आएको भन्दै भ्रष्ट व्यवस्था र शासकका मूल संवाहकले देशलाई भ्रष्टाचारबाट मुक्त गराउन नसक्ने पनि उनको भनाई छ ।

यो समाचारमा

राष्ट्रिय प्रजातन्त्र पार्टीनेपाली काँग्रेसकाठमाडौँकमल थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...