बाजुरामा हिउँदे बर्षासँगै हिमपात, जनजीवन प्रभावित

Author

सजिलो पत्रिका

२०८२ माघ १०, शनिबार

29
Share
Featured
  • पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बाजुराका उच्च हिमाली र लेकाली क्षेत्रमा लामो समयपछि हिउँदे वर्षा र हिमपात भएको छ, जसले खडेरीले सुक्दै गएका बालीनाली सप्रिने आशा जगाएको छ।
  • वर्षा र हिमपातका कारण अत्यधिक चिसो बढेको छ भने बडिमालिका, बूढीनन्दा, सुनन्दा, रानीसैन लगायतका पर्यटकीय क्षेत्रहरू सेताम्मे बनेका छन्।
  • भारी हिमपातले बालबालिका र वृद्धवृद्धालाई समस्या परेको छ र पोरखेगढी क्षेत्रमा सवारीसाधन अवरुद्ध भएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाजुरामा लामो समयपछि हिउँदे बर्षा तथा हिमपात भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावसँगै बाजुराको उच्च हिमाली तथा लेकाली भू–भागमा वर्षासँगै हिमपात भएको हो।

शुक्रबार रातीदेखि बाजुराका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भू–भागमा वर्षासँगै हिमपात भएको छ । खडेरीले बाली सुक्दै गएका बेला लामो समयपछि हिँउदे बर्षा तथा हिमपात हुँदा बाजुराबासी निकै हर्षित बनेका छन ।

लामो समयपछि जिल्लामा बर्षा तथा उच्च हिमाली भेगमा हिमपात हुँदा अत्याधिक जाडोको अनुभव गरीएको छ । करिब पाँच महिनाको अन्तरालपछि बर्षा तथा हिमपातले बालीनाली सप्रिने भन्दै बाजुराका किनासहरु खुसी पनि भएका छन।

खडेरीले बालीनाली सुक्दै गएको बेला बर्षा र हिमपात हुँदा अब बालीनालीमा सुधार हुने र उत्पादनमा बृद्धि हुने बिश्वास रहेको बाजुराको बडीमालिका ७ रजातोलीका स्थानीय हरिचन्द्र पाध्यायले बताए ।

उनका अनुसार, हिउँदे बर्षा र हिमपात नहुँदा हिउँदे बाली सुक्न थालेको थियो। बर्षा तथा हिमपात हुँदा जिल्लाका पर्यटकीय स्थल बडिमालिका, बूढीनन्दा, सुनन्दा, रानीसैन, कालाजग्रा, बडालेखल लगायतका उच्च हिमाली तथा लेकाली क्षेत्र यतिबेला सेताम्मे बनेका छन्। जिल्लामा यो वर्ष पहिलो पटक हिँउदे बर्षा तथा हिमपात भएको हो ।

बाजुरासहित सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा लेकाली भु–भागमा बर्षा तथा भारी हिमपात जारी रहेको छ । हिमपात भए पछि चिसोको कारण बालबालिका र बृद्धबृद्धा समस्या परेका छन्। बाजुराको पोरखेगढीमा भारी हिमपात भएका कारण मार्तडी देखि पुर्वि उत्तरी भेगमा चल्ने सवारीसाधन ठप्प बनेका छन्।

यो समाचारमा

बाजुराकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...