काठमाडौं ९ का मतदाताको भावना बुझेको छु, विश्वास जित्छु : नानू वाँस्तोला

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

25
Share
Featured

काठमाडौँ

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९ मा नेपाली काँग्रेसबाट प्रत्यक्षतर्फको उम्मेदवार नानू वाँस्तोलाले आफू सँधै जनतासँगै रहेकाले मतदाताले विश्वास गर्ने बताएकी छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले सत्तामा भए या नभएपनि आफ्ना क्षेत्रका मतदाताहरुसँग सँधै सहकार्य गर्दै अघि बढिरहेकाले निर्वाचनबाट सुखद् परिणाम आउने दावी गरिन् ।

‘म कहिल्यै पदका पछि लागिन । किनकी मेरो नाम समानुपातिकतर्फबाट पठाइएपनि म प्रत्यक्षतर्फ नै उभिए । म जनताबाट अनुमोदित हुन चाहन्छु । मेरो उम्मेदवारीप्रति मेरो क्षेत्रका मतदाता उत्साहित पनि छन् । जनताको जनजीविकासँग जोडिएर, समस्याको साझेदार रहेर काम गरेको छु । सत्तामा बसेर काम गरेको छैन र कतै पदको लाभ लिएको पनि छैन् । फ्रेस भएकाले मलाई मतदाताले खोज्नुभएको छ,’ उनले अगाडि भनिन्,‘म राजनीतिमा परिपक्व युवा हुँ । सँधै जनतासँगै जोडिएर काम गरेकाले मतदाताले विश्वास गर्नुहुनेछ ।’

आफूले जनताका आवाज लिएर हिडिरहेको र साना भन्दा साना समस्याहरुको समाधानका लागि सक्रिय रहेकाले जनताले त्यस्तै उम्मेदवार खोजेको उनको भनाइ थियो ।

‘जनताले खोजेको भनेको समृद्धि र विकास हो । म विगतमा पनि विकास निर्माणका लागि धेरै काम गरेको छु । मेरो फोन २४ घन्टा उठ्छ र घरको ढोका जनताका लागि सँधै खुला छ । म आफ्नै व्यवसाय गरेर राजनीति गरेको व्यक्ति पनि भएकाले कुनै प्रलोभन छैन्,’ उनले अगाडि भनिन्,‘जनताले यतिबेला खोजेको शुसासन हो र भ्रष्टाचारमुक्त समाज निर्माण हो । त्यसका लागि म अब्बल उम्मेदवार हुँ ।’

आफ्नो निर्वाचन क्षेत्रभित्रका मतदाताका फरक फरक समस्या र अपेक्षा रहेकाले सोही अनुसार काम गर्नुपर्ने उनको भनाइ थियो । ‘मेरो क्षेत्रमा काठमाडौँ महानगरपालिकाको चारवटा वडा, चन्द्रागिरी नगरपालिकाको पाँचवटा र नागार्जुन नगरपालिकाका पाँचवटा गरी १४ वटा वडाहरु पर्ने भएकाले न्यूरोडको ओटुका मतदाताको सोच, अपेक्षा, विकास र भावना अनि भीमढुंगाका मतदाताको भावना र विकासको अपेक्षा फरक फरक भएकाले सोही अनुसार काम गर्नुपर्नेछ । त्यसैले सबै क्षेत्रका मतदाताको भावना मजाले बुझेर काम गर्न सक्छु,’ उनले भनिन्,‘यस क्षेत्रको विविधतालाई सम्बोधन गर्न सक्ने व्यक्तिको खोजी पनि भइरहेको छ ।’

राजनीतिमा लागेदेखि आफ्नो क्षेत्रका मतदातासँग प्रत्यक्ष जोडिएर काम गरेकाले र विभिन्न संघसंस्थामा बसेर काम गरेकाले आम मतदाताले नजिकबाट चिन्नुभएकाले यस पटक विश्वास गर्नुहुन्छ भन्ने विश्वास लिएको सुनाइन् ।

यो समाचारमा

नेपाली काँग्रेसनागार्जुन नगरपालिकाचन्द्रागिरी नगरपालिकाकाठमाडौँ
काठमाडौँ महानगरपालिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...