बाल सुधार गृह भक्तपुरमा झडप र आगजानी, १७० बालबालिका सुरक्षित

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

26
Share
Featured
  • भक्तपुरस्थित बाल सुधार गृहमा बालकहरूबीचको विवाद उग्र भई झडप, तोडफोड र आगजानी हुँदा केही बालक घाइते भए।
  • स्थिति नियन्त्रणमा लिन सुरक्षाबल र बारुणयन्त्र प्रयोग गरी आगलागी नियन्त्रणमा लिइयो र घाइतेलाई अस्पताल पठाइयो।
  • घटनापछि गृह मन्त्रालयमा उच्चस्तरीय बैठक बसेर १७० बालकको सुरक्षित व्यवस्थापन र नुवाकोटको नयाँ बाल सुधार गृह छिटो सञ्चालन गर्ने निर्णय गरियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

भक्तपुरस्थित बाल सुधार गृहमा बिहीबार राति बालकहरूबीच भएको विवाद उग्र बनेपछि झडप, तोडफोड र आगजानीको घटना भएको छ । घटनामा केही बालक घाइते भएका छन् भने आगलागी नियन्त्रणमा लिन सुरक्षा निकायले सुरक्षाबल र बारुणयन्त्र प्रयोग गर्नुपरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार मिति २०८२ माघ ८ गते राति बाल सुधार गृहभित्र रहेका बालकहरूबीच विवाद भई आपसी झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिन खटिएका सुरक्षाकर्मीले सम्झाइ–बुझाइ गर्दा समेत अवस्था सामान्य नबनेपछि सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको जनाइएको छ। त्यसपछि स्थानीय प्रशासनको समन्वयमा सुरक्षाबल प्रयोग गरी स्थिति नियन्त्रणमा लिइएको मन्त्रालयले जनाएको छ ।

आगलागी बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको र घाइते बालकहरूलाई उपचारका लागि अस्पताल पठाइएको मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख छ।

घटनाबारे छलफल गर्न शुक्रबार मिति २०८२ माघ ९ गते गृह मन्त्रालयमा गहन बैठक बसेको छ। गृह मन्त्रीको कार्यकक्षमा भएको छलफलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, दुवै मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक, कारागार विभागका प्रमुख तथा अन्य उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

बैठकमा हाल बाल सुधार गृहमा रहेका १७० जना बालबालिकाको सुरक्षित व्यवस्थापन गर्ने तथा नुवाकोटमा स्थापना हुन लागेको बाल सुधार गृहको पूर्वतयारी कार्य छिटो प्रक्रिया मार्फत सम्पन्न गरी तत्काल सञ्चालनमा ल्याउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

घटनाको व्यवस्थापनमा आवश्यक सहयोग र समन्वय गरेको भन्दै प्रमुख जिल्ला अधिकारी भक्तपुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षाकर्मीप्रति मन्त्रालयले धन्यवाद व्यक्त गरेको छ। साथै घाइते बालकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

यो समाचारमा

भक्तपुरकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाहरूलाई चार समूहमा वर्गीकरण गरी व्यवस्थापन गर्ने भएको छ। असार ३२ गते बसेको सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति र दायित्व पूरा गरेको अवस्थाका आधारमा 'क', 'ख', 'ग' र 'घ' समूहमा विभाजन गर्ने निर्णय

    Data is loading...

    Loading brands...

    Loading footer...