उम्मेदवारी फिर्ता लिएको हल्लापछि आशिका तामाङले भनिन्- 'फेक इमेल पठाइयो, म लड्छु'

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

34
Share
Featured
  • रास्वपा धादिङ–१ की उम्मेदवार आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छन्।
  • उनले आफ्नो नामबाट निर्वाचन आयोगमा ‘फेक इमेल’ पठाइएको दाबी गर्दै उजुरी गर्ने बताएकी छन्।
  • निर्वाचन आयोगले पनि धादिङ–१ बाट ईश्वर भारतीबाहेक अन्य कसैले उम्मेदवारी फिर्ता नलिएको पुष्टि गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छन् ।

सामाजिक सञ्जालमा उम्मेदवारी फिर्ता लिएको हल्ला चलेपछि उनले आफूले मनोनयन फिर्ता नगरेको र आफ्नो नामबाट कसैले निर्वाचन आयोगमा 'फेक इमेल' पठाएको बताएकी छन् । "मैले फिर्ता लिएको छैन, म चुनाव लड्छु," उनले भनिन्, "कसले यस्तो गर्‍यो, म उजुरी गर्छु ।"

जर्मन नागरिकसँग विवाह गरेकाले विदेशी परिचयपत्र भएको आरोपको खण्डन गर्दै उनले आफूसँग नेपाली नागरिकता र पासपोर्ट मात्रै रहेको बताइन् ।

यसैबीच, निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पनि धादिङ-१ बाट ईश्वर भारतीबाहेक अरू कसैले उम्मेदवारी फिर्ता नलिएको पुष्टि गरेका छन् ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीआशिका तामाङकाठमाडौँधादिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...