रास्वपाकी आशिका तामाङले धादिङ-१ बाट उम्मेदवारी फिर्ता लिँदै

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

28
Share
Featured
  • रास्वपा धादिङ–१ की उम्मेदवार आशिका तामाङले उम्मेदवारी फिर्ता लिने जानकारी दिएकी छन्।
  • उनले इमेल र फोनमार्फत निर्वाचन अधिकृतलाई जानकारी गराउँदै औपचारिक सनाखतका लागि कार्यालयमा उपस्थित हुने बताएकी छन्।
  • प्रक्रिया पूरा भइसके पनि अन्तिम निर्णय दिउँसो २ बजेसम्ममा हुने उनले बताएकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ क्षेत्र नम्बर १ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिने भएकी छन् ।

उनले शुक्रबार दिउँसो इमेल र फोनमार्फत निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी फिर्ता लिन चाहेको जानकारी गराएकी हुन् । निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार, तामाङले औपचारिक सनाखतका लागि आफैँ कार्यालयमा उपस्थित हुने बताएकी छन् ।

उनले निर्वाचन ऐनअनुसारको प्रक्रिया पूरा गर्न आवश्यक फारम इमेलमार्फत पठाइसकेकी छन् । यद्यपि, तामाङले भने यसबारे छलफल जारी रहेको र दिउँसो २ बजेसम्ममा अन्तिम निर्णय हुने बताएकी छन् ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीआशिका तामाङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...