कांग्रेस सभापति गगन थापाले आज पदबहाली गर्दै

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

23
Share
Featured
  • नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज सानेपामा पदबहाली गर्दै औपचारिक रूपमा नेतृत्व सम्हाल्दैछन्।
  • पदबहालीपछि दिउँसो १ बजे नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्नेछ।
  • बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा पदबहाली गर्दैछन् ।

गत माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चयन भएका थापाले आजैबाट औपचारिक रूपमा पार्टीको नेतृत्व सम्हाल्न लागेका हुन् ।

पदबहालीसँगै आज दिउँसो १ बजे नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि बस्ने भएको छ । बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन भनिएको छ ।

यो समाचारमा

गगन थापानेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...