राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

21
Share
Featured
  • आज दिउँसो सवा १ बजे सिंहदरबारमा राष्ट्रिय सभाको बैठक बस्दैछ।
  • बैठकमा मन्त्रिपरिषद् गठनसम्बन्धी जानकारी, सदस्यको स्थान रिक्तताको सूचना तथा विभिन्न समितिका प्रतिवेदन पेस हुनेछन्।
  • गृहमन्त्रीले अध्यादेशहरू पेस गर्ने र दिवंगत पूर्व सांसद तथा मन्त्रीहरूप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे सिंहदरवारमा बस्न लागेको हो । बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तताको सूचना पढेर सुनाउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तता सम्बन्धी सूचनाको जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ सभा समक्ष पेस गर्ने, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न अध्यादेशहरु सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

अध्यक्षले पूर्वमन्त्री एवं प्रतिनिधि सभाका पूर्वसदस्य ऋषिकेश गौतम, पूर्वमन्त्री, संविधानसभा सदस्य एवं प्रतिनिधि सभाका पूर्वसदस्य मोहम्मद आफ्ताव आलम, राष्ट्रिय सभाका पूर्वसदस्य कृष्णकुमारी श्रेष्ठ, पूर्वमन्त्री, प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका पूर्वसदस्य आमोदप्रसाद उपाध्याय र पूर्वमन्त्री एवं प्रतिनिधि सभाका पूर्व सदस्य होमनाथ दाहालको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।


यो समाचारमा

सिंहदरवारकाठमाडौँनारायण प्रसाद दाहालराष्ट्रिय सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...