६ महिना पछि कर्णाली प्रदेश सभाको अधिवेशन आव्ह्रान

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

27
Share
Featured
  • कर्णाली प्रदेश सरकारले माघ १८ गते दिनको १ बजे प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ, बर्खे अधिवेशन सकिएको करिब ६ महिनापछि।
  • संविधान र प्रदेशसभा नियमावलीअनुसार दुई अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने व्यवस्था छ; आगजनी र तोडफोडका कारण अधिवेशन आह्वानमा ढिलाइ भएको थियो।
  • जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवनका सभाहल, सचिवालयसहित २३ ब्लकमध्ये धेरै संरचना क्षतिग्रस्त भएका थिए, र अब हिउँदे अधिवेशनमा कानुन निर्माणसम्बन्धी विधेयकहरूमा बढी छलफल हुने अपेक्षा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बर्खे अधिवशेन सकिएको ६ महिनापछि प्रदेश सभाको हिउँदे अधिवेशन बस्ने भएको छ ।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले माघ १८ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८२ माघ १८ गते दिनको १ बजे कर्णाली प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।

संवैधानिक प्रावधानअनुसार एउटा अधिवेशनबाट अर्को अधिवेशनसम्मको अवधि ६ महिनाभन्दा बढी हुन हुँदैन ।

कर्णाली प्रदेशमा नियमावली २०७४ को परिच्छेद–२ को दफा ३ मा अधिवेशन आह्वान र अन्त्यको व्यवस्था गरिएको छ । जसको उपदफा २ मा सभाको एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशन प्रारम्भ बीचको अवधि ६ महिनाको हुनुपर्ने उल्लेख छ ।

गत साउन २१ गते बर्षाे अधिबेशन अन्त्य भएको थियो । वर्षे अधिवेशन समापन भएको माघ २१ गते ६ महिना पुग्दैछ । गत भदौ २४ मा आगजनी र तोडफोडबाट प्रदेश सभा भवनमा क्षति भएका कारण पनि प्रदेश सभा बैठक आह्वानमा ढिलाई भएको थियो ।

जेन–जी आन्दोलन “नेपो किड”को क्रममा प्रदर्शनकारीबाट प्रदेशसभामा आगजनी भएको थियो । प्रदेशसभाका २३ ब्लकमध्ये सभाहल, सचिवालय, बैठक हल, तीन वटा संसदीय दलका कार्यालय, दुई वटा विषयगत समितिका भवन पूर्णरूपमा क्षतिग्रस्त भएका थिए ।

वर्षे अधिवेशन विशेष गरेर सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने हुँदा कानुन निर्माणका लागि हिउँदे अधिवेशन बढी सक्रिय रहने गर्दछ।

अघिल्लो अधिवेशनमा संसदमा पेस भएका केही विधेयक छलफलको क्रममा छन् । केही विषयगत समितिमा पठाइएका थिए ।

यो समाचारमा

काठमाडौँकर्णाली प्रदेशजेन–जी आन्दोलन “नेपो किड”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...