‘ऊनको स्वीटर’ लाई अब युट्युबमा हेर्न सकिने

Author

सजिलो पत्रिका

२०८२ माघ ०८, बिहिबार

39
Share
Featured

काठमाडौँ

सफल र चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ अन्ततः डिजिटल प्लेटफर्म युट्युबमा निःशुल्क हेर्न सकिने गरी सार्वजनिक भएको छ । निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत यस चलचित्रलाई विश्वभरका दर्शकका लागि उपलब्ध गराएको हो ।

यो चलचित्रले नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । नेपालमा ४० भन्दा बढी हलमा ५१ दिन पार गरेको यस चलचित्रले भारतमा पनि उस्तै अभूतपूर्व सफलता प्राप्त गरेको थियो । भारतका विभिन्न सहरका ४० वटा हलमा रिलिज भएको ‘ऊनको स्वीटर’ ले त्यहाँ पनि ५१ दिनको ऐतिहासिक यात्रा तय गरेको थियो ।

भारतमा सिक्किमको गान्तोकसहित पूर्वोत्तरका विभिन्न सहरहरू दार्जिलिङ, कालिम्पोङ र आसाम हुँदै मुम्बई, दिल्ली, पुणे, बैंगलोर र केरलासम्म पुगेको थियो । फरक भाषा र परिवेश भए तापनि चलचित्रले व्यक्त गर्ने भावनात्मक गहिराइले भारतीय दर्शकको मन जित्न सफल भयो ।

समय र स्थानका कारण हलसम्म पुग्न नसकेका देश–विदेशका धेरै दर्शकहरूले चलचित्र रि–रिलिजको निरन्तर माग गरिरहेका थिए । दर्शकहरूप्रति रहेको त्यही जिम्मेवारीलाई सम्मान गर्दै आर्टमाण्डुले यसलाई युट्युबमा ल्याएको छ । यो फिल्ममा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु र सुनिल पोखरेलको मुख्य अभिनय रहेको छ ।

यो समाचारमा

काठमाडौँभारतयुट्युब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...