ओलीले आज दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने

Author

सजिलो पत्रिका

२०८२ माघ ०८, बिहिबार

25
Share
Featured
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज झापा–५ को दक्षिणी भेगमा कार्यकर्तासँग भेटघाट गर्दै छन्, कार्यक्रम गौरादह–५ स्थित नमुना कृषि खेतीको सभाहलमा हुनेछ।
  • उनले गौरादहका ८ र गौरीगञ्जका ६ वडाका वडा कमिटीसँग छुट्टाछुट्टै भेट गरी मतदाताको मनस्थिति, विकास अवस्था र पार्टी कामबारे जानकारी लिनेछन्।
  • अध्यक्ष ओलीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका संरचनाको निरीक्षण गर्ने तथा पार्टी नीति, गुनासा र झापा–५ का लागि गरेका योगदानबारे कार्यकर्तालाई जानकारी गराउनेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दै छन् ।

जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका ५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ ।

अध्यक्ष ओलीले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए।

वडाका पदाधिकारी तथा सदस्यहरुले मतदाताको मनस्थिती, विकासको अवस्था र पार्टी कामका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउने छन् ।

कार्यकर्ताको गुनासो, पार्टीको नीति, देशको आवश्यकता र झापा ५ का लागि आफूले गरेका योगदान आदीका बारेमा कार्यकर्तालाई जानकारी गराउने छन् ।

अध्यक्ष ओलीले आजै भदौ २४ गते जेनजीका नाममा आगलागी र तोडफोड गरिएका संरचनाको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ । उक्त आन्दोलनमा गौरादह नगरपालिका, नगरपालिका १, ७ र २ नं वडा कार्यलय, मुख्यमन्त्री हिक्मत कार्की, मेयर छत्रपति सुवेदी, उपमेयर जलवर्षा राजवंशी लगायतको घरमा आगजनी गरिएको थियो ।

अध्यक्ष ओलीले दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीहरुसँग अलग अलग छलफल गरिसकेका छन् भने अब हरेक वडा कमिटीहरुले अध्यक्षसँग अलग अलग भेट गर्ने व्यवस्था मिलाइएको कार्कीले जानकारी दिए ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँझापाखड्गप्रसाद शर्मा ओली
गौरादह नगरपालिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...