सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

Author

सजिलो पत्रिका

२०८२ माघ ०७, बुधबार

31
Share
Featured
  • बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ बाँकी कार्यकालका लागि सर्वसम्मत रूपमा चयन भएका छन्।
  • विधानअनुसार निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको सञ्चालक समितिबाट अलग भएपछि अध्यक्ष पद रिक्त भएको थियो, जसपछि कार्यसमितिको बैठकले श्रेष्ठलाई मनोनीत गरेको हो।
  • सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल र कोषाध्यक्षमा लक्ष्मी सनराईज बैंकका अध्यक्ष रमण नेपाल सर्वसम्मत रूपमा चयन भएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा हिमालयन बैंक लिमिटेडका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेलनबिल बैंक लिमिटेडको साधारण सभा पश्चात् सञ्चालक समितिबाट अलग भएसँगै अध्यक्ष पद रिक्त भएपछि श्रेष्ठलाई बाँकी कार्यकालका लागि मनोनीत गरिएको हो ।

सिबिफिनको विधानअनुसार प्रतिनिधित्व गर्ने बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिबाट बहिर्गमन भएसँगै परिसंघको पद स्वतः समाप्त हुने व्यवस्था छ । यही व्यवस्थाअनुसार कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा माघ ६ गते सम्पन्न कार्यसमितिको १५औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । दुई दशकभन्दा बढी समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय श्रेष्ठ यसअघि सिबिफिनको महासचिवको जिम्मेवारीमा थिए ।

अध्यक्षको जिम्मेवारी सम्हाल्दै श्रेष्ठले सिबिफिनलाई बैंकिङ क्षेत्रको दिगो विकासको संवाहकका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अभिवृद्धि, वित्तीय स्थायित्व र सुदृढ अर्थतन्त्र निर्माणका लागि सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिने बताए ।

त्यसैगरी, सोही दिन बसेको १६औँ बैठकले सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल र कोषाध्यक्षमा लक्ष्मी सनराईज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत रूपमा मनोनीत गरेको छ । गोयल र नेपाल दुवै अनुभवी बैंकरका रूपमा परिचित छन् ।

यो समाचारमा

काठमाडौँनबिल बैंक लिमिटेडहिमालयन बैंक लिमिटेड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...