पतञ्जलि जग्गा भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री नेपाललाई पेसी

Author

सजिलो पत्रिका

२०८२ माघ ०७, बुधबार

27
Share
Featured
  • पतञ्जलि योगपीठ जग्गा प्रकरणमा माधवकुमार नेपालसमेत जोडिएको भ्रष्टाचार मुद्दाको पेसी माघ १४ गते तोकिएको छ।
  • विशेष अदालतले अख्तियारले मुद्दा नचलाउने गरी तामेलीमा राखेको निर्णयमाथि सुनुवाइ गर्नेछ।
  • मन्त्रिपरिषद् निर्णयबाट हदबन्दीभन्दा बढी जग्गा दिँदा ३१५ रोपनी हिनामिना भई १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार भएको आरोप छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सहसंयोजक माधवकुमार नेपालसमेत मुछिएको पतञ्जलि योगपीठ जग्गा प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दाको पेसी तोकिएको छ। विशेष अदालतले माघ १४ गतेका लागि पेसी तोकेको हो।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचल्ने भनी तामेलीमा राखेको फाइल अदालतको आदेशपछि प्राप्त भएको छ। अब अदालतले अख्तियारको सोही निर्णयमाथि सुनुवाइ गर्नेछ।

अख्तियारले गत जेठ २२ गते नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्ले पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा दिने निर्णय गर्दा करिब ३१५ रोपनी जग्गा हिनामिना भई १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी छ।

यो समाचारमा

काठमाडौँअख्तियार दुरुपयोग अनुसन्धान आयोगमाधवकुमार नेपालनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...