स्पेनमा दुई दिनमा दुई रेल दुर्घटना हुँदा ४३ जनाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ माघ ०७, बुधबार

23
Share
Featured
  • स्पेनमा दुई दिनभित्र भएका दुई ठूला रेल दुर्घटनामा कम्तीमा ४३ जनाको मृत्यु र १६० भन्दा बढी घाइते भए।
  • कोर्दोबाको अदमुजमा दुई तीव्र गतिको रेल ठोक्किँदा ४२ जनाको ज्यान गयो, बार्सिलोना नजिक अर्को दुर्घटनामा चालकको मृत्यु भयो।
  • लगातार भएका दुर्घटनाले रेल सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ, छानबिन सुरु गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

स्पेनमा दुई दिनको अन्तरालमा भएका दुई ठूला रेल दुर्घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ भने १६० भन्दा बढी घाइते भएका छन्। यी घटनाले स्पेनको रेल सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ।

आइतबार कोर्दोबा राज्यको अदमुजमा दुईवटा तीव्र गतिको रेल आपसमा ठोक्किँदा ४२ जनाको ज्यान गएको थियो भने १३१ जना घाइते भएका थिए। मलागाबाट म्याड्रिड जाँदै गरेको निजी कम्पनीको रेल पटरीबाट उछिट्टिएर विपरीत दिशाबाट आइरहेको सरकारी रेलसँग ठोक्किएको थियो।

त्यसको दुई दिनपछि मंगलबार बार्सिलोना नजिकै गेलिदामा अर्को यात्रुवाहक रेल दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भयो भने ३७ जना घाइते भए। छोटो समयमै भएका यी दुई ठूला दुर्घटनापछि स्पेनी अधिकारीहरूले घटनाको छानबिन सुरु गरेका छन्।

यो समाचारमा

काठमाडौँस्पेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...