निर्वाचन आयोगको चेतावनी-आचारसंहिता उल्लंघनमा उजुरी कुर्दैनौं

Author

सजिलो पत्रिका

२०८२ माघ ०७, बुधबार

31
Share
Featured
  • निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने सबैलाई उजुरीको आधार मात्र नभई आफैँ अनुसन्धान गरेर पनि कारबाही गर्ने चेतावनी दिएको छ।
  • आयोगका अधिकारी सुमन घिमिरेका अनुसार, विभिन्न अनुगमन संयन्त्र र स्वअध्ययनका आधारमा उल्लङ्घन भए कारबाही प्रक्रिया अघि बढाइनेछ।
  • आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन आचारसंहिताको पालना अनिवार्य गरी निर्वाचन क्षेत्रदेखि केन्द्रसम्म अनुगमन संयन्त्र सक्रिय बनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो कोहीलाई पनि उजुरीका आधारमा मात्र नभई आफैँले अनुसन्धान गरेर समेत कारबाही गर्ने चेतावनी दिएको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेले आयोगका विभिन्न अनुगमन संयन्त्रबाट प्राप्त प्रतिवेदन र स्वअध्ययनका आधारमा समेत कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारे । "निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन जारी गरिएको आचारसंहिताको पालना गराउन आयोग प्रतिबद्ध छ," उनले भने ।

उनका अनुसार, आचारसंहिता पालना गराउन र उल्लंघन भएमा कारबाही गर्न निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रस्तरसम्म अनुगमन संयन्त्रहरू सक्रिय बनाइएको छ ।

मंगलबारको उम्मेदवारी मनोनयनका क्रममा भएका केही आचारसंहिताविपरीतका गतिविधिहरू आयोगको 'नोटिस' मा रहेको र त्यसबारे आवश्यक अध्ययन भइरहेको पनि उनले जानकारी दिए ।

यो समाचारमा

निर्वाचन आयोगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...