पत्रकार जन्मदेव जैसी भक्तपुर-२ बाट चुनावी मैदानमा

Author

सजिलो पत्रिका

२०८२ माघ ०७, बुधबार

20
Share
Featured
  • पत्रकार जन्मदेव जैसीले भक्तपुर–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्।
  • श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष रहेका उनले सम्पदा संरक्षण, जमिन रक्षा र स्थानीय रोजगारीलाई मुख्य एजेन्डा बनाएका छन्।
  • भक्तपुर–२ मा उनले एमालेका महेश बस्नेत र कांग्रेसका कविर राणासँग प्रतिस्पर्धा गर्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पत्रकार जन्मदेव जैसीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को तर्फबाट मनोनयन दर्ता गराएका हुन् ।

लामो समयदेखि पत्रकारिता र श्रमजीवीको हकहितमा सक्रिय जैसी प्रलोपाका केन्द्रीय सदस्य तथा श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष हुन् ।

उनले भक्तपुरको ऐतिहासिक सम्पदा संरक्षण, खेतीयोग्य जमिनको रक्षा र युवाहरूका लागि स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने जस्ता मुद्दालाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।

भक्तपुर-२ मा जैसीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महेश बस्नेतनेपाली काँग्रेसका कविर राणा जस्ता बलिया उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्नेछन् ।

यो समाचारमा

नेपाली काँग्रेसप्रतिनिधि सभाकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्रगतिशील लोकतान्त्रिक पार्टी6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...