प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता जारी, दिउँसो ३ बजेसम्म १२१४ जनाको मनोनयन

Author

सजिलो पत्रिका

२०८२ माघ ०६, मङ्गलबार

43
Share
Featured
  • प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ आज दिउँसो ३ बजेसम्म १६५ वटै क्षेत्रमा १,२१४ जनाको उम्मेदवारी दर्ता भएको छ।
  • दर्तामध्ये ६५९ उम्मेदवारको विवरण रुजु भइसकेको छ भने ५५५ को प्रक्रिया जारी छ; दर्ता समय आज साँझ ५ बजेसम्म छ।
  • २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिकबाट निर्वाचित हुनेछन्, समानुपातिक सूची भने पुस १४ मै बुझाइसकिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया उत्साहजनक रूपमा जारी छ । निर्वाचन आयोगका अनुसार, आज दिउँसो ३ बजेसम्म देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा गरी १,२१४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

दर्ता भएका उम्मेदवारीमध्ये ६५९ जनाको विवरण रुजु भइसकेको छ भने ५५५ जनाको रुजु हुने प्रक्रियामा रहेको आयोगले जनाएको छ । उम्मेदवारी दर्ताको समय आज साँझ ५ बजेसम्म तोकिएको छ ।

उम्मेदवार बन्नका लागि नेपाली नागरिकता, मतदाता नामावलीमा नाम भएको निस्सा, १० हजार रुपैयाँ धरौटी (महिला, दलित, अल्पसंख्यक र विपन्नलाई ५०% छुट), सम्पत्ति विवरण, स्वघोषणा पत्र लगायतका कागजात अनिवार्य गरिएको छ । दलीय उम्मेदवारको हकमा पार्टीको आधिकारिक पत्र आवश्यक पर्नेछ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् । समानुपातिकतर्फको बन्दसूची भने गत पुस १४ गते नै बुझाइसकिएको छ ।

यो समाचारमा

निर्वाचन आयोगप्रतिनिधि सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...