तीन मन्त्रीको राजीनामा स्वीकृत, मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

Author

सजिलो पत्रिका

२०८२ माघ ०६, मङ्गलबार

40
Share
Featured
  • राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीको राजीनामा स्वीकृत गरेका छन्।
  • राजीनामा दिने मन्त्रीहरू महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ता हुन्।
  • रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्नेछिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तीन जना मन्त्रीले दिएको राजीनामा स्वीकृत गरेका छन् । राजीनामा स्वीकृत भएसँगै रिक्त रहेका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिएको राजीनामा स्वीकृत भएको हो ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीका लागि मन्त्रीहरूले राजीनामा दिएका हुन् । अब शिक्षा, सञ्चार र खेलकुद मन्त्रालयको जिम्मेवारी अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्री कार्की आफैँले सम्हाल्नेछिन् ।


यो समाचारमा

जगदीश खरेलमहावीर पुनसुशीला कार्कीबब्लु गुप्ता
रामचन्द्र पौडेल5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...