पूर्ण रूपमा बन्द रहेको तारागाउँ रिजेन्सी होटल्सद्वारा ५ प्रतिशत नगद लाभांश वितरण

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

45
Share
Featured

काठमाडौँ

जेन–जी आन्दोलन दोस्रो दिनका कारण क्षति पुगेपछि पूर्ण रूपमा बन्द रहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्ष ०८१÷८२ को मुनाफाबाट करसमेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त लाभांश माघ २ गतेदेखि पुस ६ गतेसम्म कायम शेयरधनीहरूको बैंक खातामा वितरण गरिएको हो भने धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूलाई सम्बन्धित बैंकको नो अब्जेक्सन लेटर वा फुकुवापत्रपछि मात्र वितरण गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ०७३÷७४ देखि अधिकांश वर्ष लाभांश वितरण गर्दै आएको भए पनि गत वर्ष करसमेत ११ प्रतिशत नगद लाभांश दिएको तुलनामा यस वर्ष हालसम्मकै न्यून ५ प्रतिशत लाभांश वितरण गरिएको हो । आन्दोलनका क्रममा होटलका संरचनामा ठूलो क्षति पुगेकाले हाल मर्मतसम्भारका कारण होटल पूर्ण रूपमा बन्द छ र पुनः सञ्चालनमा आउन करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ ।

१ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी चुक्तापूँजी र १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी जगेडा कोष रहेको कम्पनी होटल बन्द रहँदा चालू आर्थिक वर्षको असोज मसान्तसम्म २ करोड ३७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा पुगेको छ, जबकि गत वर्ष यही अवधिमा ४ करोड ५६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

यो समाचारमा

जेन–जी आन्दोलन दोस्रो दिनकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुनको मूल्य २ लाख ८५ हजार माथि, चाँदीको भाउमा गिरावट

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा ४०० ले बढेको छ भने चाँदी ९० ले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मोल दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार

    Data is loading...

    Loading brands...

    Loading footer...