रौतहट–१ मा चुनावी सरगर्मी : माधव नेपाल र गुप्ताबीच प्रतिस्पर्धा हुने

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

47
Share
Featured
  • आगामी निर्वाचनमा रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताबीच फेरि कडा चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ।
  • २०७९ को निर्वाचनमा नेपालले ३३,५२२ मतसहित ६,६०० मतान्तरले जितेका थिए भने गुप्ताले २६,९२२ मत पाएका थिए, जसले यो क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाएको छ।
  • आफ्नो गढ जोगाउने नेपाल र अघिल्लो हारको बदला लिने तयारीमा रहेका गुप्ताबीचको भिडन्तलाई चासोका साथ हेरिँदैछ, दुवै पक्षले अभियान तीव्र बनाएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राजनीतिक सरगर्मी बढेको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालनेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य अजयकुमार गुप्ताबीच यसपटक पनि चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

नेकपा एमालेले रौतहट–१ मा अजयकुमार गुप्तालाई नै उम्मेदवार बनाउने निर्णय गरेसँगै यी दुई नेताबीचको पुरानै प्रतिस्पर्धी दोहोरिने भएको हो ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यस क्षेत्रमा नेपाल र गुप्ताबीच कडा प्रतिस्पर्धा भएको थियो ।

सो निर्वाचनमा माधवकुमार नेपाल ३३ हजार ५ सय २२ मत प्राप्त गरी विजयी भएका थिए भने एमालेका गुप्ताले २६ हजार ९ सय २२ मत ल्याएका थिए । नेपालले ६ हजार ६ सय मतान्तरले चुनाव जितेका थिए ।

पूर्वप्रधानमन्त्री नेपालले २०५६ र २०७० को निर्वाचनमा रौतहटबाट विजयी भएका थिए । २०७४ मा काठमाडौं क्षेत्र नम्बर २ मा र २०७९ मा रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

तर २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका उम्मेदवार देवेन्द्र पटेलसँग पूर्वप्रधानमन्त्री नेपाल पराजित भएका थिए । रौतहट नेपालको गृह जिल्ला हो ।

आफ्नो गढ जोगाउने दाउमा रहेका नेपाल र अघिल्लो हारको बदला लिने तयारीमा रहेका गुप्ताबीचको यो भिडन्तलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा दुवै पक्षले आफ्नो चुनावी अभियानलाई तीव्रता दिन थालेका छन ।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीरौतहटनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ
माधवकुमार नेपाल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...