काँग्रेस नेता पूर्णबहादुर खड्का चुनाव नलड्ने

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

44
Share
Featured
  • नेपाली कांग्रेसका कार्यवाहक उपसभापति पूर्णबहादुर खड्काले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने निर्णय गरेका छन्।
  • उनले पार्टीको नवनिर्वाचित कार्यसमितिलाई 'अवैध' ठानेर सर्वोच्च अदालतमा रिट दायर गरेकाले टिकटमा चुनाव लड्न नैतिकताले नदिने बताएका छन्।
  • खड्काले चुनाव नलड्ने भए पनि पार्टीको प्रचारप्रसारमा सक्रिय भूमिका खेल्ने जानकारी दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता तथा विघटित केन्द्रीय समितिका कार्यवाहक उपसभापति पूर्ण बहादुर खड्काले आगामी प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन् ।

पार्टीको नवनिर्वाचित कार्यसमितिलाई 'अवैध' भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेकाले सोही कार्यसमितिले दिएको टिकटमा चुनाव लड्न नैतिकताले नदिने भन्दै उनले उम्मेदवारी नदिने निर्णय गरेका हुन् ।

खड्काको नाम सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो । उनी २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

स्रोतका अनुसार, खड्का सुरुमा अदालत जाने पक्षमा थिएनन्, तर निवर्तमान सभापति शेर बहादुर देउबाको दबाबमा उनी रिट दायर गर्न गएका थिए । चुनाव नलडे पनि उनी पार्टीको प्रचारप्रसारमा भने सहभागी हुने बताइएको छ ।

यो समाचारमा

शेर बहादुर देउबाप्रतिनिधि सभासुर्खेतपूर्ण बहादुर खड्का
नेपाली काँग्रेस5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...