चुनाव लड्न मन्त्री गुप्ताले दिए राजीनामा, सिराहा-१ बाट उठ्ने

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

47
Share
Featured
  • युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीका लागि प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका छन्।
  • उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिराहा–१ बाट चुनाव लड्ने तयारीमा रहे पनि टिकट भने पाइसकेका छैनन्।
  • अमेरिका भ्रमणसम्बन्धी विवादपछि प्रधानमन्त्री उनीसँग असन्तुष्ट रहेको पृष्ठभूमिमा राजीनामा आएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चुनावी सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीका लागि उनले आज (सोमबार) प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।

"प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेको छु, भोलिसम्ममा स्वीकृत होला," गुप्ताले भने । उनी सिराहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन् । यद्यपि, उनले रास्वपाबाट टिकट भने पाइनसकेको बताएका छन् ।

पछिल्लो समय अमेरिका भ्रमणमा जाने विषयलाई लिएर मन्त्री गुप्ता विवादमा तानिएका थिए, जसकारण प्रधानमन्त्री सुशीला कार्की उनीसँग असन्तुष्ट रहेको बताइएको थियो ।

यो समाचारमा

सुशीला कार्कीराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँबब्लु गुप्ता
प्रतिनिधि सभा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...