सोनाम ल्होसारले एकता र परस्पर सम्मानको मूल्यलाई अझ वृद्धि गर्छ : उपराष्ट्रपति

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

60
Share
Featured

काठमाडौँ

उपराष्ट्रपति राम सहाय प्रसाद यादवले सोनाम ल्होछारले नेपालको संविधानले अंगीकार गरेको गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानूनी राज्यका आधारभूत मूल्यहरूलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने बताएका छन् ।

सोमबार सोनाम ल्होसारको शुभकामना सन्देश दिदैँ उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको देशलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई बलियो बनाउने सामथ्र्य यस्ता पर्वहरुमा रहेको बताए ।

उनले भने, ‘नेपालको संविधानले अंगीकार गरेको गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानूनी राज्यका आधारभूत मूल्यहरूलाई यस पर्वले अझ सुदृढ बनाउन सहयोग पुयाउँछ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको हाम्रो देशलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई बलियो बनाउने सामथ्र्य हाम्रा पर्वहरुमा निहित छन् ।’

सामूहिकता, भूमिपूजा, कूलपूजा, दानदक्षिणा, ढोगभेट तथा शुभकामना आदानप्रदानजस्ता परम्परागत अभ्यासहरूले सामाजिक सद्भाव, आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउने पनि उनको विश्वास रहेको छ ।

साथै, सोनाम ल्होसारमा प्रर्दशन गरिने मौलिक नृत्य, गीत, वाद्यसंगीत तथा परम्परागत परिकारहरूले सांस्कृतिक धरोहरलाई जीवन्त राख्दै राष्ट्रिय पहिचानलाई उजागर गर्ने कार्य गर्ने भन्दै यस पर्वले विविधताभित्रको एकता, सहिष्णुता र परस्पर सम्मानको मूल्यलाई आत्मसात् गर्न प्रेरित गर्ने बताए ।

उनले सोनाम ल्होसारले सम्पूर्ण नेपालीलाई सामाजिक सद्भाव, मैत्रीभाव, भाइचारा, मेलमिलाप र परस्पर सहयोगका लागि अभिप्रेरित गर्दै मुलुकलाई शान्ति, प्रगति र समृद्धितर्फ उन्मुख गराओस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।

यो समाचारमा

काठमाडौँराम सहाय प्रसाद यादवसोनाम ल्होछार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सेवाबाट हटाउने मन्त्रालयको तयारी

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक सह-सचिवलाई सरकारी सेवाबाट हटाउने प्रक्रिया सुरु गरेको छ। २०८२ माघ ११ गतेदेखि सम्पर्कविहीन रहेका ती सह-सचिव ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित भएपछि मन्त्रालयले कानुनी कारबाही अघि बढाएको हो।मन्त्रालयले जारी गरेको सूचनाअनुसार, विभिन्न माध्यमबाट सम्पर्क गर्न

    Data is loading...

    Loading brands...

    Loading footer...