रास्वपाले संघीय नेतृत्व मञ्चसहित निर्वाचन परिचालन समिति गठन गर्यो

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

55
Share
Featured
  • रास्वपा केन्द्रीय समितिले संघीय नेतृत्व मञ्चसहित विभिन्न समितिहरू गठन गरेको छ।
  • संघीय नेतृत्व मञ्चमा १२ जना सदस्य मनोनयन गरिएको छ।
  • संघीय, प्रदेश र जिल्ला तहमा निर्वाचन परिचालन समितिहरू गठन गर्ने निर्णय भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठकले विभिन्न समितिहरू गठन गरेको छ ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले संघीय नेतृत्व मञ्चसहितका समितिहरु गठन गरेको पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । उनका अनुसार बैठकले संघीय नेतृत्व मञ्चमा केही सदस्यहरू मनोनयन गरेको छ ।

संघीय नेतृत्व मञ्चमा मनोनयन हुनेमा डा. तारा प्रसाद जोशी, डा. विशाल भण्डारी, डा. सागर ढकाल, रिमा विश्वकर्मा, विशाल गैरे, डा. शंकर ढकाल, सरला लामिछाने, नेत्र कार्की, मिनराज आचार्य, निर्देष सिलवाल, क्षितिज भण्डारी र विजय कडेल रहेका छन् ।

उनले भनिन्, ‘आज केही हाम्रा समितिहरु गठन भएका छन् । साथै हाम्रो संघीय नेतृत्व मञ्चमा केही सदस्यहरु मनोनित हुनुभएको छ । संघीय नेतृत्व मञ्चमा मनोनयन भएका साथिहरुको नाम यहाँ प्रस्तुत गर्छु, जसमा डा.तारा प्रसाद जोशी, डा.विशाल भण्डारी, डा. सागर ढकाल, रिमा विश्वर्मा, विशाल गैरे, डा.शंकर ढकाल, सरला लामिछाने, नेत्र कार्की, मिनराज आर्चाय, निर्देष सिलवाल, क्षितिज भण्डारी र विजय कडेल संघीय नेतृत्व मञ्चमा मनोनित भएका छन् ।’

बैठकले संघीय निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । उक्त समितिको संयोजक उपसभापति डिपी अर्याल रहनेछन् । संघीय निर्वाचन परिचालन समितिमा ५१ जना सदस्य रहने व्यवस्था गरिएको छ, जसमा सातै प्रदेशबाट प्रतिनिधित्व रहनेछ ।

यस्तै, प्रदेशस्तरीय निर्वाचन परिचालन समिति पनि गठन गरिएको छ । प्रदेश निर्वाचन परिचालन समितिमा २१ जना सदस्य रहनेछन् भने प्रदेश सभापति संयोजक रहने व्यवस्था गरिएको छ ।

यसैगरी, जिल्ला निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरिएको छ । जिल्ला निर्वाचन परिचालन समितिमा १५ जना सदस्य रहनेछन् ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् ।दिउँसो १:०० बजे बस्ने बैठकमा राष्ट्रिय मानवअधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ साउन-२०८२ असार मसान्त), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आव २०८१/८२ र समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस हुने कार्यसूची रहेको छ ।उक्त 

    Data is loading...

    Loading brands...

    Loading footer...