पार्टीलाई अतिवादले गाँजेको छ, म सत्यको बाटोमा छु : डा. शेखर कोइराला

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

56
Share
Featured
  • डा. शेखर कोइरालाले आफू मध्यमार्गी भएकै कारण पार्टीभित्र दबाब झेलिरहेको बताएका छन्।
  • देश र लोकतन्त्र संकटमा रहेकाले फागुन २१ को निर्वाचनमा जानु अपरिहार्य रहेको उनको भनाइ छ।
  • उनले निर्वाचनसँगै कांग्रेसको १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका वरिष्ठ नेता डॉ. शेखर कोईरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन् ।

आइतबार काठमाडौमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनैपनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट बिचलित नहुने बताएका हुन् ।

उनले भने, ‘मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ तर जीत उसैको हुन्छ । म सत्यको बाटो हिडिरहेको छु । यसबाट विचलित हुन्न ।’

पार्टीको कठिन अवस्थामा डा.कोइरालाले मध्यमार्गी भूमिका निर्वाह गरि पार्टीलाई संकटबाट जोगाउनुपर्नेमा जोड दिए ।

छलफलमा बोल्ने नेताहरूले पार्टीको १५औं महाधिवेशन अन्यौलता रहेको र त्यसको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका थिए । साथै तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभएको धारणा राखेका थिए ।

यही फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने समेत बताएका छ्न । कोइरालाले देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको बिकल्प नरहेको जानकारी दिए । उनले नेता कार्यकर्तालाई पनि सहभागी हुन आह्वान गरे ।

डा.कोइरालाले निर्वाचन सहजता लागि माघ ६ गतेको मनोनयनको मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरेको जानकारी दिए । साथै, सरकारले निर्वाचनको वातावरण बनाएर सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा हालसम्म त्यसको प्रत्याभूती नभएको बताए ।

पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकोले आफूलाई अदालतको निर्णय मान्य हुने समेत बताए । नेता तथा कार्यकर्तालाइ निर्वाचनसँगै १५औं महाधिवेशनको तयारी गर्न र तयारीमा लाग्न निर्देशन समेत दिएका थिए । उक्त कार्यक्रममा सुझाव दिने क्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुले निर्वाचन आयोगले अन्याय गरे पनि अदालतले न्याय गर्नेमा विश्वास रहेको जनाए।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसडॉ. शेखर कोईराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...