बालसाहित्य महोत्सव माघ ११ देखि हुने

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

35
Share
Featured

काठमाडौँ

तेस्रो बृहत् बालसाहित्य महोत्सव माघ ११ देखि हुने भएको छ । नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका र पाटन संग्रहालयको संयुक्त आयोजनामा पाटन दरबार संग्रहालयमा माघ ११, १२ र १३ तीनदिने महोत्सव हुन लागेको ललितपुर महानगरपालिकाका सामुदायिक विकास शाखाका वरिष्ठ अधिकृत सरिता महर्जनले जानकारी दिएकी छन् ।

महोत्सवमा बाल साहित्यसम्बन्धी कार्यपत्र प्रस्तुति, बालसाहित्य र बालसरोकारसम्बन्धी विभिन्न विषयमा सामूहिक छलफल, बालसाहित्यका पुस्तक विमोचन, अन्तक्र्रिया र संग्रहालय प्रदर्शनीलगायतका आकर्षण रहनेछन् ।

महोत्सवमा उपत्यकाका काठमाडौं, ललितपुरभक्तपुरका विभिन्न विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावक र साहित्यकार–कलाकारको सहभागितामा नृत्य,गायन, नाटक, कविता÷कथावाचन लगायतका कार्यक्रम पनि हुनेछ ।

‘सामाजिक सञ्जाल र बालबालिका’, ‘स्थानीय सरकार र बालबालिका’, ‘बालसाहित्य, पाठ्यपुस्तक र पठन संस्कृति’, ‘बालसाहित्यको बदलिँदो परस्थिति’, ‘सम्पदा, संस्कृति र बालबालिका’ विषयमा सत्र सञ्चालन हुनेछन् ।

यो समाचारमा

ललितपुरकाठमाडौँभक्तपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...