टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

39
Share
Featured

काठमाडौँ

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।

घरेलु मैदानमा आजबाट सुरु भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । बलिङमा नेपालकी सीता रानामगरले २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १२२ रनमा समेटिएको थियो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । बलिङमा थाइल्यान्डकी थिपात्चा पुथावङवले ४ विकेट लिइन् ।

यो समाचारमा

नेपालकाठमाडौँथाइल्यान्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...