काठमाडौंमा आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

20
Share
Featured

काठमाडौँ

नेपालले महिला क्रिकेटतर्फ अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु गर्दैछ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा नेपाली महिला क्रिकेट टोलीले आइतबार घरेलु मैदानमा थाइल्यान्डको सामना गर्नेछ।

नेपाल–थाइल्याण्डबीचको खेल बिहान ९ बजेदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार साँझ क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीले यसपटक अघिल्लो संस्करणभन्दा सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ।

टोलीकी कप्तान इन्दु वर्माले घरेलु मैदानको फाइदा उठाउँदै सुधारिएको ब्याटिङ, फिल्डिङ र टोली समन्वयका आधारमा कम्तीमा सुपर सिक्स चरणसम्म पुग्ने लक्ष्य रहेको बताइन्।

१० देशको सहभागिता
प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, संयुक्त राज्य अमेरिका, जिम्बाबे, नामेबिया, थाइल्याण्ड, बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी र नेदरल्याण्ड्स गरी १० देश सहभागी छन्।

कार्यक्रममा सहभागी अन्य टोलीका कप्तानहरूले पनि नेपाली पिच र मैदान चुनौतीपूर्ण तर प्रतिस्पर्धात्मक रहेको प्रतिक्रिया दिएका छन्। नामेबिया र अमेरिकाका कप्तानले अभ्यास खेलले प्रतियोगिताका लागि आफूहरूलाई राम्रो तयारी गराउने बताएका छन्।

यो समाचारमा

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानथाइल्यान्डनेपालनेदरल्याण्ड्स
आयरल्यान्ड9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा, उपाधि दाबेदारबीच रोमाञ्चक भिडन्त हुने

    काठमाडौं । फिफा विश्वकप २०२६ प्रतियोगिताका शीर्ष आठ टोलीहरू क्वार्टरफाइनलका लागि छनोट भइसकेका छन् । अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा भइरहेको फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ का सबै खेल सम्पन्न भएसँगै क्वाटरफाइनल पुग्ने आठ टोलीको टुङ्गो लागेको हो । क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन, इङ्गल्याण्ड, बेल्जियम, स्विट्जरल्याण्ड,

    Data is loading...

    Loading brands...

    Loading footer...