काठमाडौँ।
नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले पार्टीको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई दिएका छन् । डॉ. शेखर कोईराला निकट मानिने अधिकारीले एक विज्ञप्ति जारी गर्दै नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएका हुन् ।
पूर्वमन्त्री समेत रहेका अधिकारीले पार्टीभित्रको बहस र विचार-मन्थनले परिपक्व परिणाम निकालेको विश्वास व्यक्त गरेका छन् । उनले कांग्रेस लोकतन्त्र, जनअधिकार र विधिको शासनको संरक्षक पार्टी भएको उल्लेख गर्दै जनभावनाअनुसार रूपान्तरण हुनुपर्नेमा जोड दिएका छन् ।
विज्ञप्तिमार्फत सभापति अधिकारीले धादिङका सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध भई संगठन सुदृढीकरणमा लाग्न र आगामी फागुन २९ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय हुन आह्वान गरेका छन् ।