काठमाडौँ ।
निर्वाचन आयोगबाट आधिकारिकता गुमाएपछि नेपाली काँग्रेसको शेर बहादुर देउबा पक्षले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक आज बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
कार्यवाहक सभापति पूर्ण बहादुर खड्काको निर्देशनमा बोलाइएको बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै आधिकारिक नेपाली कांग्रेसको मान्यता दिएको थियो । आयोगको यो निर्णयसँगै देउवा पक्षले पार्टीको नाम, चुनाव चिह्न 'रुख' र चारतारे झण्डा गुमाएको छ ।
देउवा पक्षले आयोगको निर्णयलाई अस्वीकार गर्दै आएको छ । आजको बैठकले आयोगको निर्णयविरुद्ध कसरी अगाडि बढ्ने भन्नेबारे ठोस रणनीति तय गर्ने अनुमान गरिएको छ ।