रौतहटका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

Author

सजिलो पत्रिका

२०८२ माघ ०२, शुक्रबार

59
Share
Featured
  • फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरूप रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
  • चारै क्षेत्रमा फरक–फरक स्थानमा कार्यालय सञ्चालनमा ल्याई मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरू तोकिएका छन्।
  • कार्यालय स्थापनासँगै उम्मेदवारी दर्ता, मतदाता शिक्षा, मतदान केन्द्र व्यवस्थापन र विशेष सुरक्षा योजना कार्यान्वयन हुने जनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यले जिल्लाका सबै निर्वाचन क्षेत्रमा कार्यालय सञ्चालनमा ल्याइएको हो।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासका अनुसार निर्वाचन क्षेत्र नम्बर १ का लागि गौर स्थित आन्तरिक करदाता सेवा कार्यालयमा कार्यालय स्थापना गरिएको छ ।

यहाँ जिल्ला न्यायाधीश मनोज केसीलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको उनले जानकारी दिए।निर्वाचन क्षेत्र नम्बर २ का लागि परोहा नगरपालिकास्थित कृषि, पशु तथा पन्छी सेवा केन्द्रमा कार्यालय सञ्चालनमा ल्याइएको हो ।

जहाँ निर्वाचन अधिकृतका रूपमा इजलास अधिकृत सिताराम खड्का खटिएको उनले बताए । निर्वाचन क्षेत्र नम्बर ३ का लागि कटहरिया नगरपालिकाको कार्यालयमा स्थापना गरिएको छ ।

यहाँ उपसचिव अवध किशोर प्रसाद कुशवाहले निर्वाचन अधिकृतको जिम्मेवारी सम्हालेको उनले जानकारी दिए । निर्वाचन क्षेत्र नम्बर ४ का लागि चन्द्रपुर नगरपालिका–५ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जहाँ निर्वाचन अधिकृतका रूपमा उपरजिस्ट्रार उद्धव ढोडारी खटिएको उनले बताए ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख दासले कार्यालय स्थापनासँगै अब उम्मेदवारी दर्ता, मतदाता शिक्षा र मतदान केन्द्रहरूको अन्तिम व्यवस्थापन जस्ता कार्यहरूले गति लिने जानकारी दिए ।

निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकायहरूसँग समन्वय गरी विशेष सुरक्षा योजना समेत तर्जुमा गरिरहेको छ ।

मतदाताहरूले निर्धक्क भएर मताधिकार प्रयोग गर्न सकून् भन्ने उद्देश्यले गाउँ–गाउँमा सचेतना अभियान समेत चलाइने बताइएको छ । कार्यालय स्थापनासँगै जिल्लामा चुनावी चहलपहल समेत बढेको छ ।

यो समाचारमा

रौतहटचन्द्रपुर नगरपालिकाकटहरिया नगरपालिकागौर
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...